काठमाडौंमा नाटकीय शैलीमा तीन बच्चाको अपहरण भएको छ । चिनजानकै व्यक्तिले एकै परिवारका तीन बच्चाको अपहरण गरी होटलमा लगेर बन्धक बनाएका हुन् । प्रहरीले बच्चाको उद्धार गरी अपहरणकारीलाई पक्राउ गरेको छ ।
रुपा नाम महिला काम बिशेषले पोखरा जानुपर्ने भएपछि उनले आफ्ना तीन बच्चा आफन्तको रेखदेखमा छाडेर गएकी थिइन् ।

त्यही क्रममा कैलाली घर भई बानेश्वर बस्ने आशिष सिजापतीले तिम्रो ममिले तिमिहरुलाई होटलमा लगी राख्नु भनि भनेको छ भन्दै विहान स्कुल जान लागेको वच्चाहरुलाइ काठमाण्डौँ जिल्ला टोखा नगरपालिका वडा नं. ९ शान्तिटोल स्थित होटल ब्लु स्टारको कोठा नं. ४०४ मा लगी वन्धक वनाई राखेका हुन् । बच्चा र सिजापतिबीच चिनजान भएकाले त्यसरी अहपरण गरेका हुन् ।

मंगलवार उनले रुपालाई वच्चाहरुकै नम्वरवाट पोखरा फोन गरी तिम्रो छोरा छोरी मेरो कव्जामा छ, ३ लाख दिएमा मात्र पठाउछू भनि फोन गरेको निज पिडित रुपाले आशिष चिनजानकै मान्छे भएको र वच्चाहरुले पनि मामा साईनो लगाउने हुँदा विश्वास गरिनन् । वुधवार काठमाडौ आई हेर्दा छोरा छोरी फेला नपरे पश्चात आफ्ना वच्चा अपहरणमा परेको भनि तत्काल महानगरीय प्रहरी परिसर काठमाडौमा जानकारी गराएकी थिइन् ।

महानगरीय प्रहरी परिसर काठमाडौवाट खटिएको विशेष टोलीले खोज तलास गर्ने क्रममा बुधबार राती टोखा नगरपालिका वडा नं. ९ शान्तिटोल स्थित होटल ब्लु स्टारको कोठा नं. ४०४ भित्र वच्चाहरुलाई वन्धक वनाई राखेको अवस्थामा जिल्ला गोरखा गोरखा नगरपालिका वडा नं. १० घर भई हाल का.जि.का.म.न.पा. वडा नं. २६ बस्ने वर्ष २८ को बिनोद थापा मगरलाई उक्त कोठावाट वच्चाहरु सहित वसिरहेको अवस्थामाहोटल संचालक समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी वृत्त महाराजगंजमा राखेको छ ।

सोधपुछको क्रममा निज आशिष सिजापतिले मंगलवार काठमाडौवाट २ जना व्यक्तिहरुलाई अपहरण गरेको सम्वन्धमा मकवानपुर हेटौडामा पक्राउ परेको खुलेको छ ।सिजापतीले वच्चाहरुको रेखदेखको लागी विनोद थापामगरलाई राखेको देखिएको पिडितवाट अपहरण तथा शरिर वन्धकमा जाहेरी लिई जिल्ला अदालतवाट दिन ७ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको काठमाडौं परिसरका डिएसपी होमिन्द्र बोगटीले बताए । Source:drishtinews.com