Print

म्याग्देली विद्यार्थी परिवार काठमाण्डौंले जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गर्ने भएको छ । म्याग्दी जिल्ला घरभई काठमाण्डौमा अध्ययनरत विद्यार्थीहरुको साझा संस्था म्याग्देली विद्यार्थी परिवारले जिल्लाभित्रका निजि तथा सामुदायिक विद्यालयको मावि तहसम्मका विद्यार्थीको सहभागितामा आगामी माघ महिनाको ३ र ४ गते सञ्चालन गरिने अध्यक्ष केशरी शर्माले बताउनुभयो । ‘म्याग्दीका विद्यार्थीसँग हामीले सम्बन्ध विस्तारको पहिलो प्रयास गरेका छौ,‘यसलाई भब्य बनाउन सरोकारवाला निकायको सहयोग आवश्यक छ’ शर्माले भन्नुभयो ।

प्रतियोगिताका लागि विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुने क्रम जारी रहेको छ । माघ ३ गते मंगला मावि बावियचौर र गलेश्वरमा गरिने छ भने फाइनल खेल बेनी सामुदायिक माविमा ४ गते हुने सचिव सरिता थापाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा सहभागी हुने विद्यार्थीलाई यातायात, खाना र बस्ने सुविधा समेत रहेकाले दुर्गम क्षेत्रबाट समेत प्रतियोगितामा सहभागीता देखिने बताउनुभयो।

हरेक सहभागी विद्यालयबाट २ जना विद्यार्थी प्रतिनिधि शिक्षकले विद्यालयको पत्र सहित दर्ता शुल्क ५ सय लाग्ने सचिव थापाले बताउनुभयो । प्रतियोगितामा प्रथम, द्धितिय र तृतियले क्रमश २० हजार, १२ हजार, ७ हजार र सान्त्वनाले ४ हजार नगद प्राप्त गर्ने छ । विजेता सहित सान्त्वनासम्मका विद्यार्थीले छात्रबृत्ति समेत प्राप्त गर्नेछन्। बौद्धिक खेल भएकाले म्याग्दीमा हाजिरी जवाफ प्रतियोगिताको लोकप्रियता बढ्दो छ । प्रतियोगिता हुने स्थानमा अनुमति सहित तयारीका लागि समेत टोली घटाइएको छ ।

विज्ञापन