करिव एकसाता यता बेनीबजारको फोहोर उठ्न सकेको छैन् । बेनी नगरपालिकाले फोहोरमैला ब्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिएपनि मजदुरको तलबसुविधा नियमित नभएपछि मजदुरले आन्दोलित भएपछि नियमित फोहोर संकलन हुन छोडेको छ । सदरमुकाम बेनीबजार तथा आसपासका क्षेत्रमा केहीदिन यता फोहोर नउठ्दा घरभित्र र सडकमै फोहोर देखिन थालेका छन् ।

नगरपालिकाले संकलित फोहोरमैलाको उचित ब्यवस्थापनमा चुनौती बन्दै गइरहेको भन्दै गत बर्षको फागुन महिना देखि ‘मिसन फर वेस्ट म्यानेजमेन्ट’ प्रालि नामक संस्थालाई जिम्मा दिएपनि प्रालिले चालक सहित अन्य मजदुरलाईको तीनमहिनाको तलब रोकेपछि ट्याक्टरको चावी नै कब्जामा लिएर आन्दोलित भएका छन् ।

विगत १४ बर्षदेखि बेनीबजारमा फोहोरमैला संकलनमा सक्रिय रहेका कर्मचारीलाई निजी कम्पनीलाई जिम्मा लगाएपनि नियमित तलब नदिई अनावश्यक दवाव दिने गरेको भन्दै मजदुरले तलबसुविधा सहित सुविधामा आनकानी गरेको भन्दै आन्दोलित भएको मजदुर मनकुमारी परियारले बताईन् ।‘तलब पाइएको छैन्, हामीलाई अलपत्र पार्ने प्रयास भएको छ’ परियारले भनिन् ।

यसअगाडी नगरपालिकाले निजी कम्पनीसँग सम्झौता गरेपछि नगरपालिकाका कर्मचारीले आफँुलाई सेवासुविधामा नीजिबाट सहज नहुने र सम्झौताका बारेमा प्रष्ट नभएको भन्दै विरोध जनाउँदै विगतमा समेत आन्दोलित भएका थिए । विगतमा फोहोर विर्सजनमा असफल जस्तै देखिएको नगरपालिकाले निजी क्षेत्रसंगको सहकार्यले आन्तरिक खर्च ब्यवस्थापनमा समेत सहज हुने बताइरहेको अवस्थामा बजार क्षेत्रमा नियमित फोहोर उठ्न छोडेपछि बजारबासीले पटकपटक जानकारी गराउँदा समेत सुनुवाई नभएको गुनासो गरेका छन् ।

‘फोहोर ल्याउने ट्याक्टर नै आउँदैन्,फोहोर संकलनमा गम्भीर लापरवाही भएको छ’ एक बेनीबजारबासीले भने ।आन्दोलित मजदुर र प्रालिकै सञ्चालक यामबहादुर दमाईको अगाडी बेनी नगरपालिका वडा नं ७ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले आफ्नो घरको पछाडीको फोहोर झन्डै एक महिनादेखि उठ्न नसकेको भन्दै आक्रोश पोखेका थिए ।

बेनीबजारमा फोहोर संकलन नहुदाँ आसपास हुदै बग्ने म्याग्दी र कालिगण्डकी नदीबाट फोहोर फाल्ने गरिएको छ । फोहोरबाट प्राप्त आम्दानीको ६० प्रतिशत प्रालि र ४० प्रतिशत आम्दानी पाउने भएपनि कम्पनीले फोहोर संकलनका लागि नगरपालिकामा रहेका ट्याक्टरको प्रयोग, तीनजना चालक सहित कर्मचारीको तलबसुविधा, मर्मतसम्भार, इन्धनको खर्च गर्नुपर्ने सहमति गरेको थियो ।

प्रालिसँगको सहमति करिव तीनमहिना बाँकी छ । निजी तथा स्थानीयतहमा नै उत्कृष्ट वालिङ नगरपालिकाको फोहोर ब्यवस्थापनको मोडेललाई बेनी नगरले प्रयोगमा ल्याउने चाहना अनुसार नै निजी कम्पनीलाई अगाडी ल्याइएको भएपनि नियमित तलब सहितका सुविधामा निजी कम्पनीले लापरवाही गरेको छ ।

प्रत्येक घर, गल्ली, खोला किनार,सार्वजनिक स्थलबाट फोहोरमैला संकलन गर्ने गरिएको छ । बढ्दो बजारीकरणसंगै एकदशक फोहोर रातोपहिरोबाट कालिगण्डकी नदीमा फाल्ने गरिएको फोहोर नयाँ ब्यवस्थापसंगै कम्पोस्ट मल, बायोग्यास लगाएत विभिन्न माध्यमबाट उपयोग हुने भएकाले पनि बेनी नगर तथा आसपासका क्षेत्र स्वच्छ र सफाको अभियानलाई प्राथमिकता दिएको भएपनि ब्यवस्थापनमै चुनौती देखिएको छ ।

Leave a Reply