गोलभेडामा लाइकोपेनको मात्रा अत्यधिक हुने भएका कारण यसले छालाको समस्याहरुलाई टाढा राखी तपाईंको सुन्दरतालाई निखार्ने काम गर्दछ । यसका साथसाथै यसले तपाईंको छालालाई चम्किलो बनाउनुका साथै गोरो पनि बनाउँदछ । यसले तपाईंको कपालमा कन्डिसनरको काम गरि कपाललाई चम्किलो र नरम बनाउन सहयोग गर्दछ ।

गोलभेडाले तपाईंको छालाको रङलाई सफा गर्दछः
गोलभेडा स्वास्थको दृष्टिकोणले निकै राम्रो मानिन्छ र जसलाई छालामा पनि प्रयोग गर्न सकिन्छ । यो साँचो हो, यदि तपाईं दैनिक रुपमा गोलभेडाको जुस पिउनुहुन्छ र गोलभेडालाई आफ्नो छालामा रगड्नुहुन्छ भने यसले तपाईंको छालालाई केहि दिनमा नै निखार ल्याउन मद्दत गर्दछ । यो भिटमिन सी को राम्रो स्रोत भएकाले यसले छालालाई चम्किलो बनाउन मद्दत गर्दछ ।
छालाको समस्यालाई टाढा राख्दछः
गोलभेडाको बिउको तेलले छालाको अधिकांस समस्याहरुलाई टाढा भगाउन मद्दत गर्दछ । गोलभेडामा भएको तत्वले बढ्दो उमेरको असरलाई कम गर्ने गर्दछ भने यसले फ्रि रेडिकल्ससँग पनि लड्न सहयोग गर्दछ । गोलभेडाको तेलले सोरायसिस र एक्जिमालाई कम गर्ने गर्दछ ।

पोलेको छालालाई पनि राहत प्रदान गर्दछः यदि तातो वस्तु अथवा आगोले छालालाई पोलेको खण्डमा गोलभेडाको रसले राहत प्रदान गर्दछ ।कपालको चाँया कम गर्दछःचिसो मौसममा धेरैजसो मानिसहरुको कपालमा चाँयाको समस्या हुने गर्दछ । गोलभेडाले यसलाई हटाउनको लागि मद्दत गर्दछ । यसका लागि तपाईंले गोलेभेडाको गुदीलाई आफ्नो टाउकोमा रगड्नुपर्ने हुन्छ त्यसपछि असर तपाईं आफैँले देख्नुहुन्छ । राम्रो परिणामका लागि यसलाई हप्तामा दुईपटक लगाउनुहोस् ।

गोलभेडाको रसलाई महमा मिसाएर लगाउँदा छाला नरम हुन्छ: यदि आफ्नो छालालाई नरम बनाउन चाहनुहुन्छ भने गोलभेडाको रसलाई महमा मिसाएर यसको पेष्ट बनाउनुहोस् । उक्त पेष्टलाई अनुहारमा लगाउनुहोस् र १५ मिनेटसम्म राख्नुहोस् । सफा पानीले धोएपछि तपाईंको छाला निश्चित रुपमा नरम र चम्किलो हुने गर्दछ । (एजेन्सी)

Leave a Reply