होटल ब्यवसायी महासंघको केन्द्रिय सदस्यमा म्याग्दीका आचार्य निर्वाचत

0

नेपाल होटल ब्यवसायी महासंघको केन्द्रिय सदस्यमा म्याग्दीका ताराप्रसाद आचार्य‘बाबुराम’ निर्वाचित भएका छन् । सुर्खेत जिल्लामा सम्पन्न भएका महासंघको तेस्रो राष्ट्रिय अधिवेशनबाट म्याग्दी होटल तथा रेष्टुरेन्ट संघका अध्यक्ष आचार्य निर्वाचित भएको संघका कोषाध्यक्ष सागर बरुवालले बताए।

उनका अनुसार महासंघको अधिवेशनमा म्याग्दीमार्फत गरिएका विभिन्न रचनात्मक कार्यहरुको समेत प्रशंसा भएको थियो ।
महाधिवेशनबाट केन्द्रिय सदस्यमा चयन भएका आचार्यले जिल्लाका होटल ब्यवसायीको हकहितका साथै जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकलाई भित्राउन महासंघ मार्फत रचनात्मक कार्यका लागि निरन्तर सक्रिय हुने बताए ।

म्याग्दी पर्यटकीय जिल्ला समेत भएकाले पर्यटनको क्षेत्रलाई प्रर्वधनमा सक्रिय रहेका आचार्यले होटल ब्यवसायीमार्फत जिल्लामा भित्रिने पर्यटकलाई समेत महत्वपूर्ण प्याकेज बनाएर अगाडी बढ्ने योजना समेत बनाएका छन्। बेनीस्थित होटल याकका सञ्चालनक समेत रहेका आचार्यले केन्द्रिय सदस्यमा निर्वाचितका लागि भूमिका खेल्ने सबैप्रति आभार समेत प्रकट गरे। महासंघको महाधिवेशनमा निर्वतमान अध्यक्ष गोपाल पौडेल लगाएत संघका प्रतिनिधिहरु समेत सहभागि छन्।

Leave a Reply