मजदुरले तलब पाएपछि बेनी नगरको फोहोर उठ्न थाल्यो

0

तलब सुविधाको माग गदै मजदुर आन्दोलित मजदुरले तलब पाएका छन् । बेनी नगरपालिकाले बेनी तथा आसपासका क्षेत्रमा फोहोर संकलन गर्ने गरी एकबर्ष अगाडी सम्झौता गरेको मिसन फर वेष्ट मेनेजमेन्ट प्रालिले तीन महिनाको तलबसुविधा नदिएपछि आन्दोलित मजदुरले तलब पाएपछि एकसाता देखि उठ्न नसकेको फोहोर आइतबार साँझदेखि उठ्न थालेको छ ।

प्रालिका सञ्चालक प्रालिका सञ्चालक यामबहादुर दमाईलाई नगरपालिकाले मजदुरलाई तलब उपलब्ध गराउन पेश्की रकम उपलब्ध गराएपछि मजदुरले आइतबारदेखि नै काममा फर्कन सहमत भएका हुन् । प्रालिका सञ्चालक दमाईले नगरपालिकाले तत्काल पेश्की उपलब्ध गराएकाले मजदुरको सम्झौता अनुसारको तलब उपलब्ध गराएको बताए । ‘यो समस्याले धेरै सिक्ने अवसर पनि पाए,‘बजारलाई सफा र सुन्दर बनाउन नगरपालिकासँग थप काम गर्न तयार छु’ दमाईले भने ।

उनले मजदुरप्रति परेको समस्या नियोजित नभएको समेत बताए ।फोहोर मैला संकलनमा करिव १४ बर्ष देखि कार्यरत मनकुमारी परियार, ५ बर्ष देखि कार्यरत जुना दमाई र चालक चित्रबहादुर बुढाथोकीले तीन महिनाको तलब र एक महिनाको दशैभत्ता समेत पाएका छन् । परियार र दमाईको मासिक १९ हजार ४ सय र चालक बुढाथोकीको २५ हजार ४ सय तलब रहेको थियो ।

नगरपालिकाले लामो समयदेखि करारमा कार्यरत मजदुरलाई निजी संस्थालाई जिम्मा लगाएर अपमान गरेको भन्दै परियारले नगरपालिकामै रुदै गरेको भिडियो बेनीअनलाइन लगाएतका सञ्चारमाध्यमले भिडियो सहितको समाचार प्रकाशित गरेका थिए । यता मेयर हरिकुमार श्रेष्ठले नगरपालिकाले अन्याय नगरेको बताए ।उनले प्रालिले तलब नदिदाँ नगरपालिकाले नदिएजस्तै अनावश्यक प्रचारप्रसार गरिएको बताउँदै फोहोरमैलामा अनावश्यक प्रचारबाजी नगर्न समेत अनुरोध गरे ।

कुहिने, नकुहिने र अस्पतालजन्य गरी वर्गीकरण गरी फोहोर संकलन भइरहेको अवस्थामा नगरबासीलाई समेत सघाउन समेत अनुरोध गरेका छन् । बेनीबजारमा दैनिक औद्योगिक ३ मेट्रिक टन, स्वास्थ्य निकायहरूबाट २ टन र घर तथा पसलहरूबाट ५ टन हाराहारी फोहोर निस्कन्छ ।

दैनिक निस्कने फोहोरमध्ये रबर, छाला, धातुजन्य कपडा, सिसाजन्य, कागज, प्लास्टिकजन्य, जैविक फोहरमैला संकलन हुन्छ । फोहोरबाट प्राप्त आम्दानीको ६० प्रतिशत प्रालि र ४० प्रतिशत आम्दानी पाउने भएपनि कम्पनीले फोहोर संकलनका लागि नगरपालिकामा रहेका ट्याक्टरको प्रयोग, तीनजना चालक सहित कर्मचारीको तलबसुविधा, मर्मतसम्भार, इन्धनको खर्च गर्नुपर्ने सहमति गतबर्षको फागुन १ गते सम्झौता भएको थियो ।

Leave a Reply