मंगला माविमा गरिमाको वित्तिय साक्षरता कार्यक्रम

0

गरिमा विकास बैंक बावियाचौर शाखाले मंगला माविमा अध्ययनरत विद्यार्थीलाई वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । विद्यार्थीदेखि समुदायसम्म वित्तिय संस्थामा पहुँच बढाउने उद्देश्यले मंगला गाउँपालिका वडा नं २ बावियाचौरमा अवस्थित शाखामार्फत कक्षा १० को सामाजिक विषयको पाठ्यक्रमसँग मिल्ने गरी बैकका शाखा प्रबन्धक जितबहादुर गर्बुजाले विद्यार्थीलाई बैकले प्रदान गर्ने सेवाहरू, बचत गर्दाको फाईदा,क्युआर कोर्ड, र्बैंकभित्र प्राप्त हुने सेवा लगाएत आफ्नो रकम जम्मा गर्दा ध्यान दिनुपर्ने विविध विषयमा सहजिकरण गरेका थिए ।

वित्तिय साक्षरता कार्यक्रमलाई प्राथमिकता दिएको बैंकले बचत खाता तथा बैंकमार्फत उपलब्ध हुने सेवासुविधा सहित सम्रग बैकिङ गतिविधिका बारेमा जानकारी गराइएको थियो । सोही अवसरमा वित्तीय साक्षरता कार्यक्रममा वित्तीय कारोबारबारे चेतना जगाउने, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी जस्ता विषयमा समेत जानकारी गराइएको सामाजिक विषयका शिक्षक होमनाथ पाण्डेले बताए ।

उनका अनुसार विषयगत जानकारीमा जोड्न सकिने विभिन्न गतिविधिलाई प्राथमिकता दिएको बताउँदै पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरणजस्ता विषयमा सहभागिलाई सिकाईएको थियो । अर्का सामाजिक शिक्षक यूवराज रिजाल सहित करिव ५० जना विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा विद्यार्थीलाई वित्तिय साक्षरता अन्तगतका गतिविधिमा केन्द्रित भएर कक्षा सञ्चालन गरिएको थियो ।

सोही अवसरमा विद्यालयका प्रधानाध्यापक गम बहादुर खत्रीले विद्यार्थीले अभिभावकले उपलब्ध गराएको शैक्षिक खर्चलाई समेत बचत गर्न सक्ने बताए । म्याग्दीको सदरमुकाम बेनी, पश्चिम म्याग्दीको बावियचौर, दरबाङ, उत्तरी क्षेत्रका जनतालाई लक्षित गरी पोखरेबगरमा शाखा विस्तार गरेको गरिमाले जिल्लाका सबै बस्तीमा जनतालाई बैकिङ पहुँचभित्र राख्ने गरी वित्तिय साक्षरता कार्यक्रमको योजना समेत बनाएको छ ।

Leave a Reply