म्याग्दीमा एथलेटिक्स संघ गठन

0

म्याग्दीमा एथलेटिक्स संघ गठन भएको छ । मंगलबार भएको एक भेलाले विनोद घर्तीको अध्यक्षतामा तदर्थ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा बिर्सना केसी, सचिव दिपेन राई,सह–सचिव राजु जुग्जाली, कोषाध्यक्ष रिमा केसी रहेका छन् । समितिको सदस्यमा प्रदिप छन्त्याल,हिमाल गुरूङ, इश्वर शेञ्चुरी, टकबहादुर पुन, विशाल खत्री,पुरण छन्त्याल, नेलसन श्रेष्ठ, पवित्रा खत्री, आशा रोका, बिशाल घर्ती र सुशिलकुमार श्रेष्ठ रहेका छन् ।

समितिको सल्लाहकारमा भरत पुन र विरेन्द्र श्रेष्ठ लाई चयन गरिएको छ । तर्दथ समितिका अध्यक्ष घर्तीले म्याग्दीमा अन्य खेलको तुलनामा एथलेटिक्सलाई कम प्राथमिकता दिने गरिएको बताए ।

उनले फुटबल, भलिबल, क्रिकेटमा जस्तो एथलेटिक्सलाई माथिल्लो निकायबाटै कम प्राथमिकता दिने गरिएपनि जिल्ला देखि अन्तराष्ट्रियस्तरको खेलहरुमा समेत एथलेटिक्सबाटै पदक जित्नेको चर्चा हुने बताए । उनले आगामी प्रथम अधिवेशनसम्म भावी योजना सहितका कार्यहरुलाई समेत प्राथमिकता दिने बताए । जिल्ला खेलकुद समितिमार्फत विभिन्न क्षेत्रमा प्रशिक्षण तथा तालिमका लागि समेत पहल गर्ने बताए । जिल्ला खेलकुद समिति अन्तरगत म्याग्दीमा विभिन्न खेलको संघ गठन गरिएको छ । .

Leave a Reply