यूकेमा म्याग्दीखोला जलविद्युतमा लगानीको प्रतिबद्धता

0

२५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत आयोजनालाई यूकेमा रहेका नेपालीले लगानीको प्रतिबद्धता जनाएका छन् । पश्चिम म्याग्दीमा निर्माणधिन अवस्थामा रहेको आयोजनाका बारेमा जानकारी सहित लगानी जुटाउन यूकेमा पुगेका प्रवन्ध निर्देशक हर्कमान मगरले आयोजनाका बारेमा जानकारी गराएका थिए । उनले समयमै सम्पन्न हुने अवस्था देखिएकाले आयोजनाका लगानीको वातावरण बनाउने बताए ।

भेटधाट कार्यक्रममा आयोजनाका प्रतिनिधि तेजिन्द्र रोका मगरले सडक सञ्जाल सहित उपयुक्त स्थानमा भएकाले आयोजनालाई समुदाय तथा सरकारी निकायबाट समेत प्राप्त सहयोगले लगानी अनुसारको प्रतिफल प्राप्त गर्न सकिने बताए।कार्यक्रममा सहभागीले जलविद्युतमा गरिएको लगानीले ब्यक्तिगत तथा राष्ट्रलाई फाईदा हुने भएकाले पनि लगानीका लागी तयार रहेको बताए । भेटघाटमा एनआरएनए यूके, तमु समाज, मगर समाज लगाएतका संघसंस्थाबाट प्रतिनिधित्व रहेको थियो ।

सोही अवसरमा करिव ६ करोड लगानीको प्रतिबद्धताका साथै लगानीका लागि थप इच्छुक भएकाले करिव १० देखि १२ करोड लगानी जुट्ने धौलागिरी कालिका हाइ्रड्रो लिमिटेडले जनाएको छ । कार्यक्रमको सञ्चालन लालबहादुर पुनले गरेका थिए । कुल ५ अर्व १४ करोड लागतमा दरबाङ–म्याग्दीखोला जलविद्युत आयोजना निर्माण गर्न लागेको हो । जलविद्युत आयोजनामा संस्थागत पुंजीको ३० प्रतिशत सर्वसाधारणलाई शेयर जारी गरिनेछ ।

आयोजनाको हाल पहुँचमार्गको विस्तार, आवासगृह सहित आयोजनास्थलमा प्रारम्भीक काम भइरहेको छ । पानीको वहाब ३१.४ घनमिटर प्रतिसेकेण्ड रहेको आयोजनाको ग्रेस हेड १०४ मिटर हुने छ । रन अफ द रिभर शैलीको आयोजना दरबाङ देखि दुई किलोमिटर माथी म्याग्दी खोलामा बाँध बाधेर ५ किलोमिटर टनेलमा २ सय मिटरको पेनस्टक पाईपबाट मालिका र मंगला गाउँपालिकाको सिमानमा अवस्थित बलौटेमा रहने पावर हाउसमा झारी विद्युत उत्पादन गरिने छ ।

विद्युत खरिद सम्झौता (पिपिए) मा प्राधिकरणले प्रर्वधकसंग बर्षातको ८ महिना प्रति युनिट ४ रुपैयाँ ८० पैसा र सुख्खायामको ४ महिना प्रति युनिट ८ रुपैयाँ ४० पैसा रहने उल्लेख गरिएको छ । आयोजनाबाट उत्पादित विद्युत १४ किलोमिटर लामो १ सय ३२ के.भि ट्रान्समिटर लाईन हुँदै डाँडाखेत सवस्टेसन मार्फत राष्ट्रिय प्रशारण लाईनमा जोडिने छ ।

Leave a Reply