करेन्ट लागेर मृत्यु भएकी दुर्गादेवीको छोराछोरीलाई कोष स्थापना

0

म्याग्दीको मालिका गाउँपालिका–५,देविस्थानको फेदीमा हिडिरहेको अवस्थामा करेन्टले शरीर जलेर उपचारको क्रममा मृत्यु भएकी दुर्गादेवी रोका मगरको नाममा विभिन्न देशमा संकलन गरिएको ४ लाख भन्दा बढी आर्थिक छोराछोरीको शिक्षादिक्षाका लागि अक्षय कोष स्थापना गरिएको छ ।

पैदलयात्राको क्रममा एक्कासी विद्युतको तार शरीरमा खसेपछि शरीरको अधिकांस भाग जलेरको अवस्थामा उद्धार गरिएकी दुर्गादेवीको उपचारमा सहयोग जुटाएका मोना यूकेका पूर्व अध्यक्ष एवम् ताकम धारापानीका उमेश रानाले पोखरामा एक कार्यक्रम गरी छोरी लक्ष्मी रोकाको नाममा पोखरा फाइनान्समा ४ लाख ६७ हजारको अक्षय कोष स्थापना गरेका हुन् ।

पोखरा फाइनान्समा मृतक दुर्गादेवीकी छोरी लक्ष्मी र अभियानकर्ता रानाको संयुक्त खातामा मुद्धतीमा जम्मा गरिएको रकमबाट मासिक ब्याज निकालेर शिक्षादिक्षामा खर्च गर्ने बताइएको छ । ‘सबै छोराछोरीको यो कोषमा समान अधिकार छ,‘छोडेर गएका बुबाले समेत दुरुपयोग गर्न सक्छन् भनेर संयुक्त खाता सञ्चालन गरिएको हो’ अभियान्ता रानाले भने ।

उनका अनुसार आर्थिक संकलन अभियानमा अस्टेलियाबाट उत्तम पुन, जापानबाट विष्णु बानियाँ, हङकङबाट जगत पूर्जा र यूकेमा किसान जिसीले समेत आर्थिक संकलनमा सहयोग जुटाएका थिए । मणिपाल अस्पताल पोखारमा १९ दिनसम्म उपचार गरी थप उपचारका लागि किर्तिपुर दगचन अस्पतालमा उपचारको क्रममा अर्जुन थापा र भरत थापाले उपचारलाई सहज हुने गरी विभिन्न अभियान सञ्चालन गरेको अभियान्ता रानाले बताए ।

‘उहाँको उपचारमा सहयोगी भूमिका खेल्ने सबैलाई धन्यवाद,‘रकमले छोराछोरीको शिक्षादिक्षामा केही सहज हुने अपेक्षा गरेको छु’ उनले बेनीअनलाइनलाई भने । मृतक रोकाको श्रीमानले ४ बर्ष अगाडी दोस्रो विवाह गरेर बागलुङ्गमा बस्न थालेपछि ज्यालामजदुरी गरी २ छोरा र ३ छोरीलाई शिक्षादिक्षा सहित पालनपोषण गरेकी थिईन् । यसैबीच सहयोग हस्तान्तरण कार्यक्रममा स्वर्गीय दुर्गादेवीका छोरीहरुले सहयोगलाई कुनैपनि हालतमा दुरुपयोग हुन नदिने प्रतिबद्धता जनाएका थिए ।

Leave a Reply