कार्यालय सहयोगीले भेटाएकी पाँच लाख फिर्ता

0

भूमि सुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीमा कार्यरत कार्यालय सहयोगी कोपिला दाहालले भेटेकी नगद पाँच लाख रकम फिर्ता गरेकी छिन् । दाहालले मालपोत कार्यालयको सरसफाई गर्दै गर्दा कुचोले बडार्ने क्रममा एक–एक लाखका पाँचवटा गड्डी भेटेकी थिइन् । कार्यालय सरसफाईको क्रममा भेटेको रकम दाहालले प्रहरीलाई बोलाएर जिम्मा लगाएकी थिइन् ।

प्रहरी नायव निरीक्षक शिव शर्मालाई बुझाइएको सो रकम जिल्ला प्रहरी कार्यालयमा सम्वन्धित धनीलाई झिकाई जिम्मा लगाइएको छ । शर्माका अनुसार हराएको रकम दाबी गर्ने बराहक्षेत्र नगरपालिका २ का टंकप्रसाद ढकाललाई जिम्मा लगाइएको छ ।अंशवण्डाका लागि सुनसरी मालपोत पुगेका ढकाल पाँच लाख नगद हराएको दाबीसहित प्रहरीमा पुगेका थिए ।

Leave a Reply