दरबाङमा चौथो करबिर मेमोरियल कप सुरु

0

म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङमा चौथो करबिर मेमोरियल कप सुरु भएको छ । दरबाङमा रहेको केबि एकेडेमी बोर्डिङ्ग स्कुलको आयोजनामा मंगलबार देखी अन्तर मावि जिल्ला स्तरिय भलिबल तथा फुटसल प्रतियोगिता सुरु भएको हो ।

कार्यक्रमको उद्धघाटन् गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले खेल प्रतियोगिताले विद्यार्थीमा लुकेर रहेको खेल प्रतिभा उजागर गर्नुका साथै खेलकुदको प्रवद्र्धनमा सहयोग पुग्ने बताए । उनले विद्यालयमा आयोजना हुने प्रतियोगिताले खेलाडीको पहिचानसँगै आत्मियता समेत जगाउने बताए । खेलकुद प्रतियोगिताले विद्यालयमा आयोजना हुने खेलकुद प्रतियोगितालाई गाउँपालिकाले सहयोग गर्ने अध्यक्ष रोका मगरको भनाई छ । उनले गाउँपालिकाले गाउँपालिका अध्यक्ष कप संचालन गर्न लागेको जानकारी दिए ।

कार्यक्रममा जनप्रिय माविका शिक्षक बालकृष्ण शर्मा ,न्यु बुद्ध शान्ति टोल विकास समितिका अध्यक्ष गोपाल गौतम,जनप्रिय माविका प्रधानाध्यापक दिवाकर सुवेदी ,प्रभु बैंक दरबाङ शाखाका प्रबन्धक विपिन चोखाल लगायतले मन्तब्य राखेका थिए। कार्यक्रममा विद्यालयकी प्रिन्सिपल लक्ष्मी थापा र विद्यालयका प्रबन्ध निर्देशक हिराबहादुर पुन मगरले विद्यालयको अतिरित्त कार्यक्रम अन्तर्गत प्रतियोगिताको आयोजना गरिएको थियो । प्रिन्सिपल थापाले प्रतियोगितालाई सफल बनाउन आर्थिक सहयोगदाताहरुलाई धन्यवाद व्यक्त गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवनारायण फगामीको अध्यक्षता ,प्रिन्सिपल थापाको स्वागत तथा सहायक प्रिन्सिपल बिमल शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

आयोजक केबी एकेडेमी एण्ड बोर्डिङ्ग स्कुल र म्याग्दी एकेडेमी विच भएको उद्धघाटन् खेलमा म्याग्दी एकेडेमी सिंगा तातोपानीले विजयी सुरुवात गरेको छ । प्रतियोगितामा फुटसल तर्फ १४ र भलिबल प्रतियोगिता तर्फ ६ विद्यालयले सहभागिता जनाएको आयोजक विद्यालयले जनाएको छ । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । प्रतियोगिता आगामी १२ गते सम्म संचालन हुने छ । प्रतियोगितामा फुटसल तथा भलिबल प्रतियोगिता रहेको जनाइएको छ ।

Leave a Reply