सिद्धार्थ बैंक लिमिटेडको १७औं वार्षिकोत्सव बेनी शाखाले समेत एक कार्यक्रम गरी मनाएको छ । बैंकमा सेवा लिन आउने आफ्ना ग्राहकहरूलाई बार्षिकत्सवको अवसरमा शुभकामना दिदैं बैकले केक काटेर मनाएको छ । आधुनिक र सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने मुख्य उद्देश्यसहित शाखा विस्तार गरेको बैंकका शाखा प्रबन्धक गणेश पाठकले ग्राहकको सेवामा कुनै असन्तुष्टी हुन नदिने बताए ।

‘अझै प्रभावकारी सेवा दिन्छौ,‘ग्राहकको सन्तुष्टी नै हाम्रो उपलब्धी हो’ पाठकले भने । उनका अनुसार बार्षिकोत्सवको अवसरमा पौष ९ गते बुधबारलाई लक्षित गरी पौष ९ गते देखि माघ १० गते ३१ दिनसम्म बैंकले छुटको योजना समेत ल्याएको छ। उक्त सुविधा अन्तरगत दराज नामक अनलाइन सपिङमा कार्ड मार्फत सामान खरिद गर्दा विभिन्न सुविधा रहेका छन् ।

बेनीमा २०७३ चैत्र १४ गते शाखा विस्तार गरेको बैंकले गलेश्वरमा रहेका बृद्धबृद्धालाई दुइलाख ११ हजार एकसय एघार रुपियाँको अक्षयकोष स्थापना, विपन्न एक परिवारलाई कर्मचारीमार्फत सहयोग तथा शिक्षा, स्वास्थ्य लगाएतका क्षेत्रमा सहयोग गरिएको छ ।