नेपाली राष्ट्रिय महिला भलिबलकी कप्तान अरुणा शाही पोखरामा सम्मानित

0

नेपाली राष्ट्रिय महिला भलिबल टिमको कप्तान अरुणा शाहीलाई पोखराको ज्ञानुबाबा आवसीय मावि पोखरा–२,मिरुवाले एक कार्यक्रम गरी सम्मान गरेको छ ।

ज्ञानुबाबा आवासीय मावि बाट आफ्नो शैक्षिक तथा खेल जीवनको सुरुवात गरेकी अरुणा शाहीलाई भलिबल खेलको माध्यमबाट विद्यालय र राष्ट्रलाई समेत चिनाउन सफल राष्ट्रिय महिला समूहकी कप्तानका रुपमा रही बङ्गलादेशमा आयोजित सेन्ट्रल जोन खेलमा उत्कृष्ट खेल प्रदर्शन गरी नेपाललाई ऐतिहासिक स्वर्ण पदक जिताउन उल्लेखनीय भूमिका खेलेको भन्दै सम्मान गरेको हो ।

म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–३ पिप्लेकी शाहीले दक्षिण एसियाली खेलकुद (साग) २०१९ का खेलमा समेत उत्कृष्ट खेल प्रर्दशन गरी नेपाललाईं रजत पदक जिताउने सफल भएकोमा स्कुलमा खेलेको खेलबाट समेत भूमिका खेलेको बताईन्। विद्यालयले महत्वपुर्ण भूमिका खेलेको भन्दै विद्यार्थीलाई लगनशीलता, मेहनेत र कडा परिश्रमले नै आफ्नो लक्ष्य प्राप्त गर्न सकिने कुरा बतइन् ।

कार्यक्रममा विद्यालयकी प्राचार्य शुभकन्या गुरुङ्गले भावी खेल जीवनको सफलताको शुभकामना व्यक्त गर्दै आफ्नो विद्यालयबाट खेल जीवन प्रारम्भ गरी देशलाई समेत चिनाउन सफल रहेको भन्दै शाहीलाई शुभकामना दिइन् । स्पाइकर (हाल लिफ्टर) अरुणाले २०१४ मा नेपालमा आयोजना भएको माल्दिभ्ससँगको मैत्रीपुर्ण खेलबाट राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेकी थिइन् । त्यसयता, उनी टोलीको नियमित सदस्य छिन् ।

उनले राष्ट्रिय टोलीबाट माल्दिभ्ससँगको मैत्रीपुर्ण, भारतसँगको मैत्रीपुर्ण, साउथ एसियन आमन्त्रण भलिबल च्याम्पियनसिप, एभीसी सेन्ट्रल जोन र १२औं दक्षिण एसियाली खेलकुद (साग) खेलेकी छन् । २०६४ साल देखी विद्यालय उमेरबाटै भलिबल खेलमा प्रवेश गरेकी शाहीले क्षेत्रीयस्तरको खेलमा सहभागि हुदै राष्ट्रिय टोलीमा प्रवेशसँगै भलिबलमा निरन्तर चर्चामा छिन् । बिरेन्द्र शिल्ड खेलमा पोखरामा आयोजित क्षेत्रीय खेलमा उत्कृष्ट खेल प्रर्दशन गरेपछि शाहीलाई त्यहाँका भलिबल प्रशिक्षकले आफ्नो नजरमा पारेकी थिईन् । उनलाई ज्ञानुबाबा विद्यालयमा भलिबल प्रशिक्षक शुशिला खत्रीले अवसर दिएकी थिईन् ।

Leave a Reply