मंगला गाउँपालिका–१, कुहुँमा गाउँपालिकाभित्रका माविस्तरीय पोविसरा स्मृति तथा दीपशिखा कप बुधबारदेखि सुरू भएको छ । दिपशिखा माविको प्राङ्गनमा आयोजित प्रतियोगिताको स्मृति कोषका सदस्य खड्क बहादुर रोकाले उद्घाटन गरेका थिए ।

विद्यालयको ५८ औं बार्षिकोत्सव तथा २७ औं अभिभावक दिवसको अवसरमा सञ्चालन गरिएको प्रतियोगितामा बोल्ने बक्ताले शैक्षिकसँगै खेलकुद गतिविधिलाई निरन्तर सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमका बिशिष्ट अतिथि वडा अध्यक्ष डेकबहादुर राम्जाली,वडाका जनप्रतिनिधि, ब्यवस्थापन समितिका पदाधिकारी, अभिभावक लगायतको उपस्थिती रहेको थियो ।

प्रतियोगिताको उद्घाटन कार्यक्रमको अध्यक्षता बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर पुन, स्वागत सहायक प्रअ हरिकृष्ण उपाध्याय, सञ्चालन खेलकुद संयोजक नविन भट्टाराईले गरेका थिए । प्रतियोगिताको अवसरमा विविधि कार्यक्रम समेत गरिने विद्यालयका प्रधानाध्यापक डा. नन्द बहादुर खत्रीले जानकारी दिए ।प्रतियोगितामा छात्र बास्केटबल तर्फ ६ विद्यालय, छात्रा भलिबलमा ७, शिक्षकस्टापको भलिबलमा १० र छात्र भलिबलमा १० टिमको सहभागिता रहेको छ ।

विद्यालयस्तरीय प्रतियोगिता भएकाले खेलाडीको पहिचानमा समेत सहज हुने विद्यालयले जनाएको छ । प्रतियोगितामा बास्केटबल र छात्रा भलिबलतर्फ प्रथम, द्धितिय क्रमश ७ हजार, ४ हजार, छात्र र शिक्षक भलिबलमा तर्फ प्रथम र द्धितियलाई १० हजार र ६ हजार सहित हरेक खेलमा विजेतालाई ट्रफी तथा उपजिेतालाई मेडल र प्रमाणपत्रले सम्मान गरिने छ । कुहुँ तुसारेपानी घरभई हाल अस्टेलियामा रहेका मोना अस्ट्रेलियाका अध्यक्ष मुक्ति रोकाले स्वर्गीय आमाको स्मृतिमा स्थापना गरेको पोविसर स्मृति कोषले हरेक बर्ष प्रतियोगिता सहित विभिन्न शैक्षिक साम्रागी सहयोग गर्ने गरेको छ ।प्रतियोगिताको अवसरमा विद्यालयले कोष बाहेक विभिन्न शुभचिन्तकबाट करिव १ लाख ३५ हजार आर्थिक सहयोग समेत संकलन गरेको छ।