अरुणा शाही नेपाल जेसीजको यूवा पुरस्कारबाट सम्मानित

0

नेपाली राष्ट्रिय महिला भलिबल टिमको कप्तान अरुणा शाहीलाई उत्कृष्ट यूवा पुरस्कारबाट सम्मानित हुनुभएको छ । युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा क्रियाशिल संस्था नेपाल जेसीजको रत्ननगर चितवनमा आयोजित राष्ट्रिय सम्मेलनमा पुर्व प्रधानमन्त्री एवम् नेकपामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नगद, कदरपत्र सहित मेडलले सम्मान गर्नुभएको छ ।

खेलकुद विधामा नेपाललाई योगदान पु¥याएबापत शाहीलाई बर्ष २०१९ को उत्कृष्ट खेल विधाबाट सम्मान गरिएको म्याग्दी जेसीजका अध्यक्ष खमबहादुर थापाले जानकारी दिनुभयो । हरेक बर्ष राष्ट्रिय महाधिवेशनको अवसरमा देशभरबाट उत्कृष्ट १० यूवामा छनौट गरी सम्मान गर्ने कार्यक्रम अन्र्तरगत शाहीलाई म्याग्दी जेसीजले सम्मानका लागि सिफारिस गरेको थियो ।

म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा जन्मिएकी शाहीेले खेलकुदमार्फत राष्ट्रको चन्द्रसुर्य अंकीत भण्डालाई उचो बनाउन सफल भएको भन्दै शाहीको भलिबल खेलको योगदानको समेत चर्चा गरिएको थियो ।

म्याग्दीमा जन्मिएर राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा ख्याती प्राप्त ब्यक्तिलाई सम्मानले उत्साहित भएको म्याग्दी जेसीजले जनाएको छ । सम्मानित हुने शाहीको कप्तानीमा नेपालले पहिलो बंगलादेशको ढाकामा सम्पन्न एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा स्वर्ण पदक जितेको थियो भने १३ औ दक्षिण एशियाली खेलमा पहिलोपटक रजत पदक जित्दै इतिहास रचेको थियो ।

कुविर र कर्णकुमारी शाहीको कोखबाट जन्मिएकी अरुणाले २०६४ साल देखी विद्यालय उमेरबाटै भलिबल खेल सुरु गरेकी थिईन् । शाहीले सन् २०१४ मा नेपालमा आयोजना भएको माल्दिभ्ससँगको मैत्रीपुर्ण खेलबाट राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेकी थिइन्। राष्ट्रिय टोलीबाट माल्दिभ्ससँगको मैत्रीपुर्ण, भारतसँगको मैत्रीपुर्ण, साउथ एसियन आमन्त्रण भलिबल च्याम्पियनसिप, एभीसी सेन्ट्रल जोन र १२ औं दक्षिण एसियाली खेलकुद (साग) खेलेकी थिईन् ।

Leave a Reply