सुख्खा पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

0

बेनी–जोमसोम–कोरला सडकको गुईठेभीरमा शुक्रबार विहान सुख्खा पहिरोले यातायात अवरुद्ध भएको छ । सदरमुकामदेखी २५ किलोमिटर उत्तर अन्नपूर्ण गाउँपालिका,३ दानाको गुईठेस्थित भीरमा झरेको पहिरोले सडक थुनिँदा यातायात अवरुद्ध भएपछि नियमित सञ्चालनमा आउन दिनभरी लाग्ने सडक विभागका स्थानीय सुपरभाईजर इन्द्रसिंह शेरचनले बताउनुभयो । उहाँका अनुसार पहिरो रोकिएको छैन् ।

भिरालो जमिन कमजोर भु–वनावटका कारण गुईठेमा पटकपटक पहिरोले समस्या निम्त्याउने गर्दछन् । गण्डकी प्रदेशको लाइफ लाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तरगत बेनी–घाँसासम्मको ३८ किमी सडक खण्डकमा गुईठेभीरमा पटकपटक पहिरो जाने गरेको छ ।

स्तरउन्नतीमा डोजर,स्काभेटर, ब्रेकेरको प्रयोगले समेत धेरै ठाउँमा चर्किएकाले समेत समस्या हुने गरेको छ । गतबर्ष समेत गुईठेमा विष्फोटक पर्दाथको प्रयोग गरी अवरुद्ध भएको तीनदिनपछि सडक सञ्चालमा ल्याइएको थियो । सडकखण्ड अन्तरगत बैंशरी, बेगखोला, तिप्ल्याङ, भीरकाटे, तातोपानी, तितर, बाँदरजुङ्गको विभिन्न खण्डमा वारम्वार पहिरोले सास्ती दिने गरेको छ ।

Leave a Reply