नेपाली राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीलाई आफ्नै जन्मगाउँमा बाजागाजा सहित भब्य सम्मान गरिएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–३, पिप्लेमा वडा कार्यालयको आयोजनामा स्थानीय संघसंस्था, आमा समुह लगायत गाउँलेले सम्मान गरेका थिए ।

सम्मान कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले नेपाली भलिबलमा गाउँकी चेलीले प्राप्त गरेको सफलताले उत्साहित भएको बताउँदै खेलकुदको क्षेत्रमा गाउँपालिकाले प्रयाप्त पूर्वाधार सहितको योजनामा अगाडी बढेको बताए ।उनले वडास्तरमा ब्यवस्थित खेलमैदान सहित पूर्वाधार विस्तारमा समेत बजेट विनियोजन गरिएको बताए । ‘खेलकुदमा गाउँपालिकाले कहिल्यै अन्याय गदैन्,‘आफ्नै गाउँकी चेलीले राष्ट्रिय भलिबलको नेतृत्व पाउँदा निकै उत्साहित छु’ भण्डारीले भने ।

Gepostet von बेनीअनलाइन – Benionline.com.np News am Freitag, 27. Dezember 2019

सोही अवसरमा उपाध्यक्ष कमला तिलिजा,नेकपा रघुगंगा गाउँपालिका संयोजक दिपक कार्की, नेपाली काँग्रेसका जिल्ला सदस्य केबि भण्डारी, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिपक रेग्मी, विश्व कुमार मल्ल, समाजेवी देबेन्द्र बहादुर मल्ल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि सहितले मन्तब्य राखेका थिए ।

सम्मान कार्यक्रममा बोल्दै शाहील सबैको साथ र हौसलाले भलिबलमा उर्जा थपिएको बताईन् ।‘आफुँ जन्मिएको गाउँमा सम्मान हुदाँ धेरै उत्साहित छु,‘मैले खेलसँगै गाउँबाट धेरै सिकेको छु’ शाहीले भनिन् । उनले जन्मगाउँबाट सिकेको भलिबल खेललाई अन्तराष्ट्रिय खेलसम्म पु¥याउन सफल भएको बताईन् ।

‘यो सम्मानले मलाई खेल क्षेत्रमा थप अगाडी बढ्न प्रेरणा मिलेको छ,‘अग्रजहरुको सम्मानले भलिबलमा अझै धेरै गर्छु’ शाहीले भनिन् । सम्मान कार्यक्रममा शाहीले गाउँबाट पोखराको विद्यालयमा भलिबल सँगै माध्यामिक तहको शिक्षाका लागी अभिभावकलाई मनाउन विद्यालयका शिक्षक, आफन्तको भूमिकाले समेत भलिबलको यो अवस्थामा आउने अवसर मिलेको बताईन् ।

कक्षा ८ सम्म रघुगंगा निमाविमा अध्ययन गरेर ९ कक्षा पढ्न भगवतिको मुक्तीधाममा पुगेकी शाही बेनीमा आयोजना भएको विरेन्द्र शिल्ड प्रतियोगितामा उत्कृष्ट भलिबल खेल प्रर्दशन गरेपछि क्षेत्रीय खेलका लागि पोखरा जाँदा ज्ञानुबाबा विद्यालयका प्रशिक्षक कौशिला खत्रीको प्रस्तावले भलिबलमा नयाँ मोड लिएको बताईन् । ‘मेरो बाबाआमा र घरपरिवारलाई छोडेर जाने हिक्मत थिएन,‘अगुवाको साथले उर्जा मिल्यो’ शाहीले थपिन् ।

 

आफ्नो कप्तानीमा रहेको टोलीले बंगलादेशको ढाकामा भएको एशियन भलिबल कन्फेडेरेसन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा स्वर्ण पदक जितेर नेपाली भलिबलमो क्षेत्रमा स्वर्णिम इतिहास रच्न सफल भएको बताउँदै नेपालमै भएको १३ औ दक्षिण एशियाली खेलमा समेत पहिलोपटक भारतसँग कडा टक्कर दिदैं रजत पदक जित्नु ठूलै उपलब्धी भएको बताईन् ।

सम्मान कार्यक्रममा शाहीलाई रघुगंगा गाउँपालिकाले नगद २५ हजार ५५५ सहित सम्मान पत्र, वडा कार्यालय, रघुगंगा हाईड्रो पावरले नगद १० हजार सहित मायाको चिनो, नव सन्तोष युवा क्लब, आमा समुहले नगद सहित सम्मानपत्र नेकपाका रघुगंगा गाउँपालिका संयोजक दिपक कार्कीले प्रोत्साहन स्वरुप ५ हजार प्रदान गरेका थिए । खेलकुद मार्फत रघुगंगां गाउँपालिका र म्याग्दीलाई देश विदेशमा चिनाएको भन्दै जन्मगाउँमै सम्मानको कार्यक्रम गरिएको वडा अध्यक्ष जिवन कुमार मल्लले बताए ।

उनले भलिबल सहित देशका उच्च पदमा राखु क्षेत्रबाट पुगेका प्रतिभाको उच्च सम्मान गरिने बताए । उनले फ्नै गाउँकी चेलीको भलिबल सीपलाई गाउँपालिका भित्रका वडाहरुमा समेत प्रयोग गर्ने अवसर मिलाउने प्रतिबद्धता जनाए । कार्यक्रमको रघुगंगा मावि प्रअ रमेशसिंङ ठकुरीको स्वागत र स्वास्थ्य संयोजक टिका शाहीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।