म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङमा आयोजि चौथो करबिर मेमोरियल कपको अन्तर मावि जिल्ला स्तरिय भलिबल तथा फुटसल प्रतियोगितामा आयोजक र न्यू वेष्ट प्वाइन्ट आवासीय मावि विजय भएको छ । केबि एकेडेमी बोर्डिङ्ग स्कुलको आयोजना सञ्चालन गरिएको प्रतियोगितामा भलिबल तर्फ आयोजकले सिंगाको म्याग्दी एकेडेमीलाई २ का बिरुद्ध ३ सेटले पराजित गरेको थियो ।

निकै प्रस्तिपर्धात्मक खेलमा आयोजकले अन्तिम सेटलाई सदुपयोग गदैं उपाधी जितेको थियो । भलिबल तर्फ विजेता र उपविजेताले क्रमश ३३ हजार, १८ हजार मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै फुटसल तर्फ आयोजकलाई सुन्य का बिरुद्ध ३ गोल गदैैं न्यु वेष्ट प्वाइन्ट बेनीले उपाधी कब्जा गरेको छ । विजेता र उपविजेताले क्रमश २५ हजार, १५ हजार मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको विद्यालयका प्रबन्ध निर्देशक हिराबहादुर पुनले जानकारी दिनुभयो ।

विजेतालाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवनारायण फगामी,विद्यालयकी प्रिन्सिपल लक्ष्मी थापा लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।प्रतियोगितामा फुटसल तर्फ १४ र भलिबल प्रतियोगिता तर्फ ६ विद्यालयले सहभागिता जनाएका थिए । हरेक बर्ष आयोजना हुने प्रतियोगितामा पश्चिम म्याग्दीका साथै सदरमुकाम बेनीसम्मबाट समेत सहभागी हुने गरेका छन् ।