गुईठेभीरको सुख्खा पहिरो जाने क्रम रोकिएन, कालिगण्डकी नदीबाट बैकल्पिक ट्याक

0

अन्नपूर्ण गाउँपालिका–३, दाना गुईठेभीरमा शुक्रबारदेखि सुख्खा पहिरो निरन्तर खस्न थालेपछि बैकल्पिक ट्याक खोल्ने काम सुरु भएको छ । शुक्रबार विहानैदेखि निरन्तर सुख्खा पहिरो खस्न थालेपछि दानाको सुखेबगरबाट कालिगण्डकी नदीको प्रयोग गरी छिमेकी नारच्याङको माछेखोला हुदै सवारीसाधन आवतजावत गर्ने अस्थायी ट्रयाक प्रयोगमा ल्याइने सडक विभागका स्थानीय सुपरभाईजर इन्द्रसिंह शेरचनले बताउनुभयो ।

‘पहिरो खस्ने क्रम रोकिएको छैन्,‘तत्कालै पुरानो बाटो सञ्चालन गर्न असम्भव छ’ शेरचनले भन्नुभयो । पहिरो खस्ने क्रम नरोकिएपछि मर्मतका लागि पठाइएको डोजरले तत्काल अस्थायी बाटोका प्रयोग ल्याउनुपर्ने भएकाले कालिगण्डकी नदीमा मार्ग बनाउन परिचालन गरिएको छ ।

उहाँकाअनुसार उत्तरी म्याग्दीको दानाका साथै छिमेकी जिल्ला मुस्ताङ आवतजावत गर्ने यात्रुलाई कालिगण्डकी नदीमा हिमपाइप राखेर सम्भव भए शनिबार बेलुकी नभए आइतबार विहान देखि सञ्चालनमा ल्याउने जानकारी दिनुभयो। म्याग्दीको सदरमुकामदेखी २५ किलोमिटर उत्तर अन्नपूर्ण गाउँपालिका,३ दानाको गुईठेस्थित भीरमा झरेको पहिरोले सडक थुनिँदा यातायात अवरुद्ध भएपछि नियमित सञ्चालनमा आउन दिनभरी लाग्ने बताउनुभयो ।

उहाँका अनुसार पहिरो रोकिएको छैन् । भिरालो जमिन कमजोर भु–वनावटका कारण गुईठेमा पटकपटक पहिरोले समस्या निम्त्याउने गर्दछन् ।गण्डकी प्रदेशको लाइफ लाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तरगत बेनी–घाँसासम्मको ३८ किमी सडक खण्डकमा गुईठेभीरमा पटकपटक पहिरो जाने गरेको छ ।

स्तरउन्नतीमा डोजर,स्काभेटर, ब्रेकेरको प्रयोगले समेत धेरै ठाउँमा चर्किएकाले समेत समस्या हुने गरेको छ । गतबर्ष समेत गुईठेमा विष्फोटक पर्दाथको प्रयोग गरी अवरुद्ध भएको तीनदिनपछि सडक सञ्चालमा ल्याइएको थियो । सडकखण्ड अन्तरगत बैंशरी, बेगखोला, तिप्ल्याङ, भीरकाटे, तातोपानी, तितर, बाँदरजुङ्गको विभिन्न खण्डमा वारम्वार पहिरोले सास्ती दिने गरेको छ ।

Leave a Reply