१३औं दक्षिण एसियाली खेलकुद (साग) उसुतर्फ रजत पदक विजेता विन्दु पुन मगरलाई शनिबार बावियाचौरमा भब्य सम्मान गरिएको छ । मंगला गाउँपालिका–२ बावियाचौर बजार स्थायी घर भएकी पुनलाई बजार परिक्रममा सहित भब्य सम्मान गरिएको हो । ७० केजी तौल समूहबाट नेपालका लागि विन्दुले रजत पदक दिलाउन सफल भएकी थिईन् । सम्मान कार्यक्रममा स्थानीयबासीले फुलमाला सहित बजारमा भब्य स्वागत गरेको स्थानीय यूवा राजकुमार पाण्डेले बताए ।

नेपाली सेनामा कार्यरत पुनलाई मंगला गाउँपालिका र मंगला माविले समेत सम्मान गर्ने कार्यक्रम रहेको छ । पुन मंगला माविकी पुर्व विद्यार्थी समेत हुन्। १२ सागमा उसुतर्फ रजत पदक जितेकी विन्दुले राष्ट्रिय खेलकुद अन्तरगत लगातार स्वर्ण पदक जितेकी छन् । कुनै समय कराँतेमा समेत उत्कृष्ट मानिने उनले विगत पाँचबर्षदेखि उसु खेलमा सहभागी छन् ।