महिलालाई कानुनी सचेतना तालिम

0

बेनी नगरपालिका–९, घतानका महिलाहरुलाई कानुनी सचेतनासम्बन्धी तालिम दिइएको छ । वडास्तरीय मूल आमा समूहको आयोजना र वडा कार्यालय घतानको आर्थिक सहयोगमा महिलाहरुलाई लक्षित गरेर तालिम सञ्चालन गरिएको हो । ग्रामीण भेगका महिलाहरुलाई परिवर्तित सन्दर्भमा विभिन्न कानुनहरुको विषयमा जानकारी गराउने उद्देश्यसहित तालिम आयोजना गरिएको आयोजकले जनाएको छ ।

तीन दिनसम्म चलेको तालिममा अधिवक्ता ममतादेवी शर्माले सहजीकरण गरेकी थिइन् । शुक्रबार सम्पन्न तालिमको समापन सत्रलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले नगरपालिकामार्फत महिलासँग सम्बन्धित तालिम तथा कार्यक्रमलाई जोड दिइएको बताइन् । बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्माले तालिममा सिकेका ज्ञान, सिपलाई व्यवहारमा उतार्न सुझाव दिए । बेनपा–९, घतानका वडा अध्यक्ष बेलबहादुर चोखाल र सदस्य मैना कार्कीले मन्तव्य राखेको तालिम आमा समूह अध्यक्ष रश्मी खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply