भारतबाट घर फर्किएका एक म्याग्देली गोरखपुरबाट बेपत्ता

0

भारतबाट घरतर्फ हिडेका एक म्याग्देली गोरखपुरबाट बेपत्ता भएका छन् । म्याग्दीको मंगला गाउँपालिका वडा नं ३ आल्टा घर भएका गमबहादुर पुन चार दिनदेखि बेपत्ता भएका हुन् ।

भारतको मन्द्रास्मा सेक्युरेटी गार्डमा कार्यरत पुन कम्पनीबाट विदा लिएर घरतर्फ हिडेकोमा पौस ९ गते विहान साढे ६ बजेसम्म गोरखपुरबाट म्यासेन्जरमा सम्पर्क भएपनि एक्कासी सम्पर्कविहिन भएको स्थानीय लोकेश पुनमगरले बताए ।

उनका अनुसार सोही दिन घरमै आउने बताएका पुन बेपत्ता भएपछि खोजीकार्यका लागि प्रहरीमार्फत अपिल समेत गरिएको छ ।  भारतबाट नेपाल आउने नेपालीलाई लुटपाट गर्ने घटना बढिरहेको अवस्थामा परिवारले पुनलाई समेत अपराधिक गतिविधिमा संलग्न भएकाले लुटपाट गरेको हुनसक्नेमा चिन्ता ब्यक्त गरेका छन् ।

प्रहरीमार्फत खोजविन गरिदिन माग गर्दै परिवारले प्रहरी कार्यालय म्याग्दीमार्फत जाहेरी दिएका छन् । ‘चारदिन सम्म केही खबर आएको छैन,’खोजीकार्यमा सहयोगको अपिल गर्दछौ’ परिवार स्रोतले भन्यो ।

Leave a Reply