मोना अस्ट्रेलियाको शुभकामना आदान-प्रदान कार्यक्रम

0

आउँदै गरेको अंग्रेजी बर्षको २०२० को अवसर पारेर मोना अस्ट्रेलियाले आइतबार शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरेको छ । शिक्षा तथा रोजगारको सिलसिलामा अस्ट्रेलियामा पुगेका म्याग्देली नयाँ बर्षको शुभकामना साटासाट तथा विभिन्न कार्यक्रम गरी हर्षउल्लासका साथ मनाएका छन्।

कार्यक्रमका प्रमुख अतिथि म्याग्दीका सफल यूवा ब्यवसायी दिपेन्द्र श्रेष्ठ ‘दिपु’ले उद्घाटन गदैं अस्ट्रेलियामा रहेका म्याग्देलीले विपद्, सामाजिक कार्यका साथै विभिन्न क्षेत्रमा ठूलो योगदान गरेको बताउनुभयो ।उहाँले मोना अस्ट्रेलियामा आवद्ध यूवाहरुको प्रयासमा सुरु भएको अभियानले जन्मभूमि र कर्मभूमि बीच पुलको भूमिका खेलेको बताउनुभयो।

कार्यक्रमका बिशिष्ट अतिथि म्याग्दी उद्योग वाणिज्य संघका कोषाध्यक्ष अमित बानियाँ लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो। सोही अवसरमा म्याग्दीबाट पारिवारिक भेटघाटको सिलसिलामा पुगेका अभिभावकलाई सम्मान तथा स्वागत गरिएको मोना अस्ट्रेलियाका कार्यसमिति सदस्य हिक्मत श्रेष्ठले जानकराी दिनुभयो ।

शिक्षाको सिलसिलामा अस्ट्रेलियामा ज्यान गुमाएका इच्छा भण्डारीको परिवारलाई २५ हजार १०५ अस्ट्रेलियन डलर हस्तान्तरण गरिएको थियो । कार्यक्रममा मोना अस्ट्रेलियाका संस्थापक अध्यक्ष उत्तम पुन, पूर्व अध्यक्ष धिरज मल्ल, हरि राम्जाली, नेपाली राष्ट्रिय भलिबल टोलीका पूर्व सदस्य राजु थकाली लगायतलाई मायाको चिनो वितरण गरिएको थियो।

कार्यक्रमको समापनाको अवसरमा अध्यक्ष रोकाले म्याग्दी जिल्लालाई बिभिन्न राहत, सिप मूलक तालिम,आर्थिक,सास्कृतिक सहयोग गर्दै गरेको र आगामी दिनमा अझै जिल्लालाई पर्यटनको क्षेत्रममा समेत सहयोग पुग्ने गरी विभिन्न कार्यक्रम गरिने बताउनुभयो । कार्यक्रमको अध्यक्षता अध्यक्ष मुक्ती रोका, स्वागत उपाध्यक्ष सुसन श्रेष्ठ र सञ्चालन कार्यसमिति सदस्य माधव सुबेदीले गर्नुभएको थियो ।

Leave a Reply