नेपाल महिला संघ अन्नपूर्णको अध्यक्षमा मैती तामाङ

0

नेपाल महिला संघ म्याग्दीले पालिका स्तरीय नेपाल महिला संघ विस्तार गर्न थालेको छ । यसै क्रममा नेपाल महिला सघले अन्नपूर्ण गाउँपालिकामा मैती तामाङको अध्यक्षमा २५ सदस्यीय अन्नपूर्ण गाउँपालिका स्तरीय महिला संघ गठन गरेको छ । समितिको उप सभापतीमा मिना पुर्जा, गिता पुर्जा, सचिवमा पुष्पा बरुवाल, गिता जिसी, कोषाध्यक्षमा सपना बरुवाल र सान्ती गौचन चयन हुनुभएको छ ।

अन्नपूर्ण गाउँपालिकाको प्रथम अधिवेशनलाई सम्बादन गर्दै नेपाली काँग्रेस म्याग्दीका उप–सभापती माधव प्रसाद रेग्मीले नव निर्वाचित समितिले पार्टीलाई बलियो बनाउदै एकिबद्ध भएर लाग्न आग्रह गर्नुभयो । उहाँले अन्नपूर्णमा महिला संघले अन्नपूर्णमा कपार्टीलाई गतिशिल बनाउदै लैजानेमा आफु विस्वस्त रहेको बताउनुभयो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष केशमाया मगरले महिलाको अधिकार भएतापनी महिलाहरु सधै चुलो चौकोमा बस्नु परेको बन्दै आफुहरुले पाएको अधिकार प्रयोग गरेर अघि सर्न आग्रह गर्नुभयो । नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष बिमला गौचनको अध्यक्षतामा भएको कार्यक्रममा वडा न ७ का वडा अध्यक्ष गम बहादुर फगामी, रघुगंगा गाउँपालिका ५ झिँकी कुमारी बिक लगाएत बोल्नुभएको थियो ।

Leave a Reply