गुईठेभीरको सुख्खा पहिरो, कालिगण्डकी नदीबाट बैकल्पिक ट्याक खोल्न सकिएन्

0

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दाना गुईठेभीरमा शुक्रबारदेखि अवरुद्ध सडकलाई पन्छाउन हम्मेहम्मे परेको छ । शुक्रबार विहानैदेखि निरन्तर सुख्खा पहिरो खस्न थालेपछि दानाको सुखेबगरबाट कालिगण्डकी नदीको प्रयोग गरी छिमेकी नारच्याङको माछेखोला हुदै सवारीसाधन आवतजावत गर्ने अस्थायी ट्रयाक खोल्ने प्रयास भएपनि साना सवारीसाधन आवतजावतमा समस्या भएपछि नियमित सडक सञ्चालनका लागि सोमबारबाट मर्मत कार्य सुरु गरिने सडक विभागका स्थानीय सुपरभाईजर इन्द्रसिंह शेरचनले बताउनुभयो ।

‘दुईदिनको प्रयास सफल हुन सकेन्,‘ठूला ट्रक आवतजावत गर्न सफल भएपनि साना सवारीसाधनलाई समस्या भयो,‘पानीको बाहकलाई पन्छाउन सकिएन’ शेरचनले भन्नुभयो ।उहाँका अनुसार उत्तरी म्याग्दीको दानाका साथै छिमेकी जिल्ला मुस्ताङ आवतजावत गर्ने यात्रुलाई कालिगण्डकी नदीमा हिमपाइप राख्ने प्रयास गरिएको थियो ।पहिरो खस्ने क्रम आइतबारदेखि रोकिएपछि मर्मतका लागि पठाइएको डोजरले सोमबार विहानैदेखि गुईठेभीरको अवरुद्ध हटाइने जनाइएको छ ।

भिरालो जमिन कमजोर भु–वनावटका कारण गुईठेमा पटकपटक पहिरोले समस्या निम्त्याउने गर्दछन् । गण्डकी प्रदेशको लाइफ लाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तरगत बेनी–घाँसासम्मको ३८ किमी सडक खण्डकमा गुईठेभीरमा पटकपटक पहिरो जाने गरेको छ । गतबर्ष समेत गुईठेमा विष्फोटक पर्दाथको प्रयोग गरी अवरुद्ध भएको तीनदिनपछि सडक सञ्चालमा ल्याइएको थियो । सडकखण्ड अन्तरगत बैंशरी, बेगखोला, तिप्ल्याङ, भीरकाटे, तातोपानी, तितर, बाँदरजुङ्गको विभिन्न खण्डमा वारम्वार पहिरोले सास्ती दिने गरेको छ ।

Leave a Reply