मंगला गाउँपालिका–१, कुहुँमा गाउँपालिकाभित्रका माविस्तरीय पोविसरा स्मृति तथा दीपशिखा कप सम्पन्न भएको छ । दिपशिखा माविको प्राङ्गनमा आयोजित प्रतियोगितामा शिक्षक भलिबलतर्फ अर्मनको शिशुकल्याण मावि प्रथम, दिपशिखा मावि कुहुँ द्धितिय, छात्र भलिबलतर्फ महेन्द्ररत्न मावि बरंजा प्रथम र शिद्धशान्ति मावि हिदी उपविजेता भएको छ ।

शिक्षक र छात्र भलिबलका विजेताले क्रमश १० हजार र ७ हजार नगद प्राप्त गरेको विद्यालयका प्रधानाध्यापक डा. नन्दबहादुर खत्रीले जानकारी दिनुभयो। उहाँका अनुसार प्रतियोगितामा छात्रा भलिबलतर्फ शिशुकल्याण मावि अर्मन प्रथम, महेन्द्ररत्न मावि बरंजा द्धितिय भएको छ भने छात्र बास्केटबलतर्फ दिपशिखा मावि कुहु्ँ प्रथम र मंगला मावि बावियाचौर उपविजेता भएको छ।

छात्रा भलिबल र छात्र बास्केटबलतर्फ प्रथम र द्धितियले क्रमश ७ हजार र ५ हजार नगद प्राप्त गरेका छन् । विद्यालयको ५८ औं बार्षिकोत्सव तथा २७ औं अभिभावक दिवसको अवसरमा सञ्चालन गरिएको प्रतियोगितामा छात्र बास्केटबल तर्फ ६ विद्यालय, छात्रा भलिबलमा ७, शिक्षकस्टापको भलिबलमा १० र छात्र भलिबलमा १० टिमको सहभागिता रहेको थियो ।

विद्यालयस्तरीय प्रतियोगिता भएकाले खेलाडीको पहिचानमा समेत सहज हुने विद्यालयले जनाएको छ । शिक्षक भलिबल निकै आर्कषक मानिएको थियो । कुहुँ तुसारेपानी घरभई हाल अस्टेलियामा रहेका मोना अस्ट्रेलियाका अध्यक्ष मुक्ति रोकाले स्वर्गीय आमाको स्मृतिमा स्थापना गरेको पोविसर स्मृति कोषले हरेक बर्ष प्रतियोगिता सहित विभिन्न शैक्षिक साम्रागी सहयोग गर्ने गरेको छ ।