म्याग्दी क्याम्पसका विद्यार्थीलाई योग शिक्षा

0

म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई योग शिक्षा प्रदान गरिएको छ । म्याग्दी बहुमुखी क्याम्पसको आयोजना र नविन आनन्द योग केन्द्रको प्राविधिक सहयोगमा ब्यवस्थापन संकायको प्रथम बर्षमा अध्ययनरत विद्यार्थीलाई योग प्रशिक्षण दिइएको हो । योग केन्द्रको सभाहलमा योग प्रशिक्षक नविन्द जुग्जालीले नियम, आहार, बिहार, नैतिक ज्ञानका माध्यमबाट सु–शिक्षित हुनुपर्ने बताए ।

विद्यार्थीलाई योग साधनाको विधिका बारेमा अभ्यास गराउँदै योगले कमजोर स्मरण शक्ति, कमजोर दृष्टि, टाउको दुखाइ, तनाव, मनको चञ्चलता, समयमा सुत्ने,उठ्ने बानीको विकास गराउने बताए। सोही अवसरमा म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुबेदीले क्याम्पसका विद्यार्थीलाई तालिममार्फत नियमित योगमा आर्कषित गराउने बताए ।

विद्यार्थी स्वस्थ्य रहेमा मात्र शैक्षिक सहित अन्य सफलता प्राप्त गर्न सहज हुने भएकाले क्याम्पसले स्नातक तहका विभिन्न संकायका विद्यार्थीलाई समय–समयमा योग शिक्षाको महत्वका बारेमा केन्द्रसँग सहकार्य गरी सञ्चालन गर्ने गरेको ब्यवस्थापन संकाय संयोजक नारायणप्रसाद सुबेदीले बताए ।

योगमार्फत शरीरमा स्फुर्ति र मनमा आनन्द प्राप्त हुने तथा मानसिक तनाव र थकान कम हुने भएको दैनिक योगसाधनामा सहभागि हुने विद्यालयलाई विधिका बारेमा जानकारी गराइएको बताए । कार्यक्रममा करिव ५० जना विद्यार्थीले रुचिपूर्ण सहभागिता समेत भएको र आध्यात्मिक चेतना योगालाई लिइएको उनले बताए। ‘स्वस्थ शरीर र सकारात्मक विचारका लागि योग’भन्ने नाराका साथ म्याग्दीका सबै स्थानीय तहमा योगमा आर्कषण हुने गरेका छन् ।

Leave a Reply