रघुगंगा माविमा कक्षा ५ मा पढ्दै गर्दा अरुणा शाही सम्भवत् विद्यालयमा भलिबल खेल्ने एक्ली छात्रा थिईन् । विद्यालयभित्र र गाउँमा छात्रसँगै हौसिएर भलिबल खेल्न थालिन् । कपडाको भलिबल बनाएर समेत साथीहरु संग खेल्ने अरुणाको भलिबल खेलमा देखाउने चासोले विद्यालयका शिक्षक देखि घरपरिवारले समेत अश्चर्य मान्थे ।

फुर्सदको समयमा विद्यालय देखि गाउँघरमा मेलामा भलिबल खेल्न रुचाउने शाहीलाई साथ दिने छात्राको संख्या न्यून थियो। विद्यालयमा विद्यार्थीहरुसँगै खेल्दै भलिबल सिकेकी फराकिलो सोचाई, मिजासिलो स्वभाव र दरिलो आत्मविश्वास बोकेकी शाहीले विद्यालयबाट विरेन्द्र शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेसँगै भलिबल प्रशिक्षक कौशिला खत्रीको नजरमा परिन्।

विरेन्द्र शिल्मा छात्रा भलिबलमा शाहीको खेलबाट प्रशिक्षकले प्रचुर सम्भावना देखेसँगै प्रशिक्षणसँगै माध्यामिक तहको शिक्षाका लागि पोखराको ज्ञानुबाबा विद्यालयले अफर ग¥यो । रघुगंगा माविमा कक्षा ८ मा अध्ययनरत शाहीलाई बैदेशिक रोजगारीमा रहेका बुबा कुविर शाहीले प्रस्तावको अस्वीकार गरे । अपरिचित ठाउँमा छोरीलाई पठाउन बुबासँगै आमा कमलाले समेत पहिलो प्रस्तावलाई स्वीर्कान सकिनन् । गाउँकै विद्यालयबाट एसएलसी दिएर उच्च शिक्षाका लागि पठाउने जवाफ प्रशिक्षक कौशिला खत्रीलाई बेनीमा बालकल्याण कार्यालयमा कार्यरत मिठु आचार्यले पु¥याईन्।

भलिबलमा देशकै नाम राख्न सक्ने सम्भावना बोकेकी शाही खेलकुदसँगै निशुल्क शिक्षाका लागि लगातार प्रस्ताव आउन थालेपछि विद्यालयका प्रधानाध्यापक रमेशसिंह ठकुरी, हालका वडा अध्यक्ष जीवनकुमार मल्ल लगायतले पढाइसँगै खेलकुदमा लागेर पनि राम्रो प्रगति हुने भन्दै छोरीलाई पठाउन अनुरोध गरेपछि अभिभावकले समेत सहमति दिएसँगै शाहीले ज्ञानुबाबा विद्यालयमा आयोजना हुने भलिबलमा उत्कृष्ट खेल प्रर्दशन गर्न सफल भईन् ।

ज्ञानुबाबा स्कुलमा पहिलोपटक भलिबल खेल्दा उत्कृष्ट खेल देखाउदै क्षेत्रीय भलिबलमा समेत सहभागि भईन्।  आफ्नै जन्मगाउँमा रघुगंगा गाउँपालिका–३, पिप्लेले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्ने अधिकांस बक्ताले शाहीका बाल्यकालमा भलिबल प्रतिको मोह सुनाउँदै गर्दा भलिबल नै अरुणाको जीवनको मूल अध्याय बन्नेछ । पिप्लेबाट सुरू भएको भलिबल यात्रा अहिले राष्ट्रिय टोलीको क्याप्टेनको जिम्मेबारीमा पुगेको छ । गाउँबाट सुरु भएको भलिबल यात्राले अरुणाको जीवनसँगै नेपाली महिला भलिबलको भविस्य नै रंगीन बनाएको छ ।

गाउँमा सिके, ज्ञानुबाबाले सिकायो,‘सबैको साथले यो स्थानमा आइपुगेको छु’ शाहीले सम्मान कार्यक्रममा भनिन् ।उनले आफ्नो आमाबुबालाई पोखरा पठाउन अनुरोध गर्ने र प्रशिक्षक खत्रीले भलिबल यात्र सुरुवात गर्ने बाटो देखाएकाले जीवनकै महत्वपूर्ण पात्र भएको बताईन् । भलिबलबाट नै आफ्नो नयाँ जीवनको सुरुवात भएको ठान्ने शाहीले अझै देशका लागि समय दिएर भलिबलमै जीवन बिताउने चाहना रहेको बताईन् ।

‘जुन माटोमा भलिबल सिके त्यही ठाउँमा सम्मानित भएको छु’ उनले भनिन् । आफ्नो नेतृत्वमा नेपाली महिला भलिबलले इतिहास रचेको बताउँदै अहिलेको साख जोगाउँदै अगाडी बढ्ने बताईन् । उनले भलिबलमा प्राप्त हरेक सफलतामा आफ्नो जन्मगाउँको योगदान रहेको बताउँदै म्याग्दीको टोलीबाट नेतृत्व गरेर समेत प्रदेशस्तरीय भलिबल प्रतियोगिता, राष्ट्रपति कप लगायतका खेलहरु समेत जितेको बताईन् । नेपाली महिला भलिबल टिमकी मुख्य खेलाडी शाही, सट, ब्लक, डिफेन्स यी तीनै पक्षमा पोख्त छिन् ।

उनी टोलीको कप्टानसँगै स्पाइकर (हाल लिफ्टर) हुन् । बंगलादेशमा सम्पन्न भएको एशियन भलिबल कन्फेडेरेसन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा स्वर्ण पदक जितेर नेपाली भलिबलमो क्षेत्रमा स्वर्णिम इतिहास रच्न सफल भएको टोलीलाई १३ औ दक्षिण एशियाली खेलमा समेत पहिलोपटक भारतसँग कडा टक्कर दिदैं रजत पदक जितेर भलिबलमा आफ्नो बेग्लै पहिचान बनाउने सफल भएकी छन् । सन् २०१४ मा नेपालमा आयोजना भएको माल्दिभ्ससँगको मैत्रीपुर्ण खेलबाट राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेपछि हरेक राष्ट्रिय प्रतियोगितामा शाहीको चर्चा हुने गरेको छ ।