बेनीमा आधुनिक हतियार लन्चर-८१ को सेल फेला

0

म्याग्दीको सदरमुकामस्थित म्याग्दी खोलामा आधुनिक हतियार लन्चर–८१ को सेल फेला परेको छ । बेनी नगरपालिका–७, हाँडेभिर जोड्ने पुल मुनी म्याग्दी खोलामा तत्कालिन माओवादीले बेनी आक्रमणमा प्रयोग गरेको ८१ मिमी मोर्टारको सेल भएको अनुमान गरिएको छ । म्याग्दी खोलामा डोजरले काम गरिरहेको अवस्थामा फेला परेको प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले बताए।

‘भोली पोखराबाट सेनाको बम डिस्पोजल टोलीले डिस्पोज हुन्छ,‘अझैपनि शंकास्पद वस्तु भेटिनसक्छन्, सर्तकता अपनाउनुपर्छ’प्रनाउ मरासिनीले भने ।जिल्ला अदालत र प्रशासनको गेट नजिक राखिएको उक्त सेललाई प्रहरीले सुरक्षा दिइरहेको छ । तत्कालिन समयमा २०६० साल चैत्र ७ गते माओावदीले बेनी आक्रमणको क्रममा सेनाको मुख्य ब्यारेकलाई लक्षित गरी प्रहार गरेको अवस्थामा खोलामा खसेको हुनसक्ने अनुमान गरिएको छ ।

माओवादीको १२ बर्षे शसस्त्र यूद्धमा म्याग्दीको सदरमुकाम बेनीको आक्रमण सबैभन्दा ठूलो मानिन्छ । तत्कालिन समयमा माओवादीले आधुनिक हतियार एके–४७ राइफल लगायतको प्रयोग गरेका थिए भने सदरमुकाम बेनी आसपासका क्षेत्रमा विगतमा सकेट बम, ग्रिनेट, सुतली बम लगायत फेला परेका थिए ।

Leave a Reply