चितुवाको आक्रमणबाट २२ महिने बालकको मृत्यु

0

तनहुँमा चितुवाको आक्रामणबाट एक बालकको मृत्यु भएको छ। घरकै पिँढीबाट चितुवाले बालकलाई आक्रमण गरेको थियो।मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–३ रातमाटाका राजु नेपालीको २२ महिने छोरा रविन नेपाली रहेका छन्। आईतबार साँझ साढे ६ बजेदेखी उनी बेपत्ता भएका थिए। उनकोे शव सोमबार विहान घरभन्दा एक किलोमिटर टाढा ढाङढुङ्गे ठूलोपाखा तीन पोखरी सामुदायिक वनमा भेटिएको थियो।

ईलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक जगदिश रेग्मीका अनुसार शव विक्षीप्त अवस्थामा शव फेला परेको थियो। ‘शरिरको करिब ७० प्रतिशत भाग चितुवाले खाएको अवस्थामा बालक फेला पार्यौ’ प्रहरी निरीक्षक रेग्मीले भने।हाल बालकको शवलाई पोष्टमार्टको लागि जिल्ला अस्पताल दमौली पठाइएको छ।  खाना खादै गर्दा आमा भित्र गएर बाहिर निस्कदा छोरा थिएनन्। घर पछाडी रगत देखिएपछि खोजी गरिएको थियो।

Leave a Reply