बेनी-जोमसोम चारदिनपछि नियमित सञ्चालन

0

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दाना गुईठेभीरको अवरुद्ध चारदिनपछि सोमबार साँझ खुलेको छ। गएको शुक्रबार विहानदेखि सुख्खा पहिरोले अवरुद्ध भएको सडक शुक्रबार साँझदेखि नियमित सञ्चालनमा आएको सडक विभागका स्थानीय सुपरभाईजर इन्द्रसिंह शेरचनले बताउनुभयो ।

उहाँका अनुसार कालिगण्डकीबाट नारच्याङ हुदै बैकल्पिक ट्याक खोल्ने प्रयास गरिएपनि सफल हुन नसकेपछि पुरानै ट्याक खोलिएको शेरचनको भनाई छ । म्याग्दीको सदरमुकाम देखी २५ किलोमिटर उत्तर अन्नपूर्ण गाउँपालिका,३ दानाको गुईठेस्थित भीरमा झरेको पहिरोले मुस्ताङबाट आएका सवारीसाधन दाना र बेनीबाट मुस्ताङतर्फ जादै गरेका सवारीसाधन भुरुङ तातोपानी र नारच्याङ क्षेत्रमा अलपत्र परेका थिए ।

भिरालो जमिन कमजोर भु–वनावटका कारण गुईठेमा पटकपटक पहिरोले समस्या निम्त्याउने गर्दछन् ।गण्डकी प्रदेशको लाइफ लाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तरगत बेनी–घाँसासम्मको ३८ किमी सडक खण्डकमा गुईठेभीरमा पटकपटक पहिरो जाने गरेको छ । गतबर्ष समेत गुईठेमा विष्फोटक पर्दाथको प्रयोग गरी अवरुद्ध भएको तीनदिनपछि सडक सञ्चालमा ल्याइएको थियो ।

Leave a Reply