नेपाल बैंक लिमिटेडले नेबैलि सेवाग्राही कर्जा कार्यक्रम ल्याएको छ । बैंकले १५ लाखसम्म बीना धितो कर्जा दिन सकिने गरि यो योजना ल्याएको हो ।यस्तो कर्जा बैंकसँग व्यावसायिक कारोबार गरिरहेका संस्थामा कार्यरत कर्मचारीले मात्रा पाउने छन । सम्बन्धीत संस्थाको सिफारिसमा तोकिएको शर्त लागू गरि यस्तो कर्जा प्रदान गरिने बैंकको भनाइ छ ।प्रस्ताव आएको ३ कार्यदिन भित्र आवश्यक निर्णय गरिने बैंकले बताएको छ ।