नेपाली टिकटक कलाकारलाई फिनल्याण्डका नयाँ मन्त्रीमण्डलका सदस्य भन्दै भारतमा गरियो प्रचार

0

भारतीय सामाजिक सञ्जालमा नेपाली टिकटक कलाकारहरुलाई फिनल्याण्डको नवनियुक्त मन्त्री भनेर प्रचार गरिएको छ । नेपाली टिकटकका चर्चित जुम्ल्याहा दिदीबहिनी प्रिन्सी र प्रिज्मा खतिवडा तथा दीपा र दमन्ता श्रेष्ठसँगै बसेको तस्वीरलाई केहि भारतीयहरुले फेसबुक र ट्वीटरमा फिन्ल्याण्डको नवगठित मन्त्रीमण्डलका सदस्यहरु भन्दै शेयर गरेपछि यसबारे चासो बढेको हो ।

फिनल्याण्डमा हालै संसारकै कम उमेरकी प्रधानमन्त्रीको रुपमा ३४ वर्षीया सान्ना मरिन सत्तासिन भएकी छिन् योसँगै उनको चर्चा विश्वभर चुलियो। मरिनले गठन गरेको पाँच सदस्यीय क्याबिनेटमा ३५ वर्षभन्दा कम उमेरकै चार जना मन्त्रीहरु रहेका छन् ।

वास्तविक क्याबिनेटका सदस्यहरु

तर भारतीय सामजिक सञ्जालमा भने नेपाली टिकटक जुम्ल्याहा दिदीबहिनीको तस्वीरमा ती मन्त्रीहरुको नाम उल्लेख गरिएको छ । एउटा पोस्टमा भनिएको छ -‘फिनल्यान्डको नयाँ सरकारलाई चिनौँ दायाँबाट शिक्षामन्त्री ली एन्डरसन (३२), अर्थमन्त्री कात्री कुलुमानी (३२),प्रधानमन्त्री सान्ना मरिन(३४)र आन्तरिक मामिलामन्त्री मारिया ओहिसालो (३४)। यी फिनिस महिलाहरू ३५ वर्ष पनि पुगेका छैनन्। ह्यास गर्दै महिला शक्ती लेखिएकाे छ ।

This image has an empty alt attribute; its file name is image-150.png

भारतीय सञ्चारमाध्यम आजतक हिन्दुस्तान टाइम्स, इन्डिया टुडे लगायतका अनुसार भारतीय सामाजिक सञ्जालमा अहिले फिनल्यान्डबारे गलत तस्बिर फैलिरहेको जनाएका छन् । उक्त तस्वीर भाइरल भएपछि फेसबुकले फ्याक्ट चेक गरी गलत जानकारी भनेर समेत लेखिदिएको छ । Source: news24nepal.tv

Leave a Reply