बेनी–जोमसोम सडकका मजदुरले तलब नपाएपछि तालाबन्दी

0

बेनी–जोमसोम–कोरला सडकमा कार्यरत मजदुरले ज्याला नपाएपछि मंगलबार शर्मा यूनाईटेड जेभी अन्तरगत कार्यरत मजदुरले कार्यालयमा तालाबन्दी गरेर आन्दोलनमा उत्रिएका छन्। सडकमा काम गर्ने मजदुरले विगत ६ महिनाको तलब १ करोड ११ लाख नपाएपछि सडकमा विरोध जनाउँदै तिप्लाङदेखि भुरुङ तातोपानीसम्म विरोध जनाउँदै तालाबन्दी गरिएको जिफन्ट म्याग्दीका सचिव अर्जुन रानाले बताए ।

उनले सडकमा कार्यरत ६० जना मजदुरको १ करोड ११ लाख तलबसुविधा उपलब्ध गराउन आनकानी गरेपछि बाध्य भएर तालाबन्दी सहित आन्दोलनमा उत्रिएको बताए । तिप्लाङमा रहेको कम्पनीको साईट कार्यालयमा तालासँगै बुधबार जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिने कार्यक्रम समेत तय गरिएको क्यपेक नेपाल म्याग्दीका सचिव मुकेश शाहले बताए ।

उनले मजदुरको सम्पूर्ण तलब निकासा नभएसम्म आन्दोलन नरोकिने बताए । यसअगाडी समेत पटकपटक ज्यालाको माग गदैं आन्दोलनमा उत्रिएका मजदुरलाई प्रशासनको सक्रियतामा समस्याको समाधान गरिएको थियो । सहमति अनुसार शर्मा यूनाईटेड जेभीले केही मजदुरलाई तलब उपलब्ध गराएर विभाजन ल्याउन खोजेपछि मजदुरले सम्पूर्णको तलब एकमुष्ट माग गरेपछि आन्दोलन चर्किएको जिफन्ट म्याग्दीले जनाएको छ ।

मजदुरको तलब निकासा नभए आयोजनाको काम समेत ठप्प पार्ने चेतावनी दिएका छन् । ७६ किलोमिटरको बेनी–जोमसोममा चारवटा र ११० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डमा सातवटा प्याकेज बनाएर निर्माण कार्य अघि बढाइएको छ । गण्डकी प्रदेशको लाइफ लाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्डमा शर्मा यूनाईटेड जेभीको प्रगति समेत निराशजनक छ।

Leave a Reply