छोरो च्यापेर सडक मजदुर दिलकुमारी ज्याला माग्दै बेनीमा

0

रोल्पाको सुनछहरी गाउँपालिकाी दिलकुमारी बुढाको खेतबारीमा तीनमहिनलााई पुग्ने अन्नबाली पनि फल्दैन् । ३ बर्षिय छोरा दिपेन्द्र बुढालाई बोकेर बुधबार जिल्ला प्रशासन कार्यालय अगाडी भेटिएकी बुढाले छोरा जन्मिएको ६ महिनामै सडकमा काम गर्न म्याग्दीमा आईन् । विहानदेखि बेलुकीसम्म काम गर्ने, समय–समयमा साइटमै छोरालाई दुध खुवाउने गरेकी बुढाले सुत्केरी अवस्थामा पनि ज्यालामजदुरी गर्ने गरेकी थिईन् ।

खेतबारीमा अन्न नफल्ने, फलेको अन्नले बर्षभरी नपुग्ने भएपछि छोरालाई लिएर बेनी–जोमसोम–कोरला सडकमा मजदुरी गर्न आएकी बुढाले एकबर्षयताको तलब–सुविधा पाएकी छैनन् । एकबर्षसम्म उनले आफन्त र सडकमै काम गर्नेहरुबाट सापटी लिएर खर्च चलाएकी छन् । ‘पैसा कमाउन आएको ज्याला नपाएपछि ऋणमा डुवेको छु,‘मैले तलबसुविधाका लागि धेरैठाउँमा छोरो च्यापेर पुगेको छु’ बुढाले भनिन् । उनले काम नगरी साँझ र बिहान खान नपुग्ने बताईन् । उनले बालबच्चालाई खुवाउने भात समेत नभएपछि बाध्य भएर आन्दोलित हुनपरेको बताईन् ।

उनले कम्पनीबाट धेरैपटक अघोषित धम्की समेत आएको बताउँदै आफ्नो ज्याला पाएपछि नयाँ काम खोज्ने बताईन् । ‘चाडपर्वमा रित्तै घरमा जानुपर्यो,‘सडकमा धेरैले काम गदैं आँसु बगाउने गरेका छन्’ बुढाले भनिन् । उनले श्रीमानसँगै आएका महिलाले बालबालिका समेत ल्याएर आएको बताउँदै बालबालिकालाई खुवाउने खाना समेत नभएर भोकभोकै बस्नुपरेको गुनासो गरिन् ।

‘महिलाले रहरले सडकमा काम गदैंनन्, बाध्यताले सडकमा आएको अलपत्र परेका छौ’ जेशिना बु्ढाले भनिन् । सडकखण्डमा काम गदैं आएकी २६ बर्षिया मनकुमारी बुढाले ज्याला माग्दा ज्यानै जोगाउनुपर्ने अवस्थाको अन्त्य गर्न माग गरेकी छन् । ठेकेदार चिल्ला गाडीमा हिड्ने, हामी भोकभोकै बस्नुपर्ने’ मनकुमारीले भनिन् । उनले एकबर्षसम्म काम गरेको ज्याला नदिनेको लाइसेन्स नै खारेज गर्नुपर्ने बताईन् ।

‘गएको असारदेखि नै हामीलाई आश्वासन मात्रै दिइएको छ,‘अब आन्दोलनबाटै पैसा माग्छौ’ उनले भनिन् । जिल्ला प्रशासन कार्यालयबाट विगतमा भएका सहमति समेत अटेर गरेपछि ठेकेदारलाई पक्राउ गरेर भएपनि ज्याला दिन माग गदैं मजदुर संगठन जिफन्टले धर्ना सहित आन्दोनलका कार्यक्रम घोषणा गरेको जिफन्ट म्याग्दीकी अध्यक्ष बलावती राईले बताईन् । मजदुरले बेनीजोमसोम सडक बन्द गरेर भएपनि आफ्नो पैसा असुल्ने चेतावनी दिएका छन् ।

यता प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले ठेकेदार कम्पनीले एक हप्ताभित्र तलब भुक्तानी गर्ने प्रतिबद्धता जनाएको बताए । उनले आफुँले गएको साउन महिनादेखि मजदुरको मागलाई सम्बोधन गर्न पटकपटक दवाव दिएपछि केही रकम भुक्तानी गरकोे बताए । शर्मा यूनाईटेड जेभीले ६ महिनाको तलब १ करोड ११ लाख पाएका छैनन् । ७६ किलोमिटरको बेनी–जोमसोममा चारवटा र ११० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डमा सातवटा प्याकेज बनाएर निर्माण कार्य अघि बढाइएको छ । गण्डकी प्रदेशको लाइफ लाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्डमा शर्मा यूनाईटेड जेभीको प्रगति समेत निराशजनक छ। करिव २ सय ५० जनाको हाराहारीमा मजदुरले तलब पाएका छैनन् ।

Leave a Reply