राष्ट्रिय युवा संघ म्याग्दीको एकता टुङ्गीयो (विवरण सहित)

0

नेपाल कम्युनिष्ट पार्टी निकट युवाहरुको संगठन राष्ट्रिय युवा संघ नेपाल म्याग्दीको एकताले पूर्णता पाएको छ । बुधबार बेनीमा वसेको बैठकले एकताले पूर्णता पाएको छ । तत्कालिन नेकपा (माओवादी केन्द्र) र नेकपा एमाले पार्टीको एकता भएपछि एकीकरण प्रक्रिया सुरु गरेका भातृ संगठन राष्ट्रिय युवा संघ म्याग्दीले पूर्णता पाएको हो । जिल्ला समितिको ६१ सदस्य समितिको नाम केन्द्रमा पठाउने निर्णय गरिएको छ ।

त्यसैगरी स्थानीय तहहरुको समेत एकता टुङ्गो लगाइएको छ । ६ वटा स्थानीय तहहरुमा संयोजक र सह संयोजक टुङ्गो लगाइएको छ । जस अन्तरगत बेनी नगरपालिका संयोजक लक्ष्मण कटुवाल, सहसंयोजक नारायण पौडेल, मंगला गाउँपालिका संयोजक अर्जुन शाही, सहसंयोजक रुसबहादुर पुन, रघुगंगा गाउँपालिका संयोजक अर्जुन भण्डारी, सहसंयोजक दिपक पुन, धवलागिरी गाउँपालिका संयोजक सविन रोका, सहसंयोजक ओमबहादुर भण्डारी, मालिका गाउँपालिका संयोजक अनुप गौचन, सहसंयोजक तेजेन्द्र पुन, अन्नपूर्ण गाउँपालिका संयोजक प्रदिप तिलिजा, सहसंयोजक बिमल पुन रहेको सचिव सन्दिप खत्रीले बताए ।

उनले इन्चार्ज र सह इन्चार्ज पहिलो पूर्ण बैठक पश्चात टुङ्गो लगाईने बताए । उनका अनुसार जिल्ला समितिको शपथ ग्रहण तथा पहिलो पूर्ण बैठक बस्ने बताए । यूवा संघलाई राजनीतिक एजेण्डा सहित सम्रग जिल्लाको विकासमा सघाउने गरी अभियान सञ्चालन गर्नेृ अध्यक्ष प्रविण शाहीले बताए । ‘युवा आन्दोलनलाई नयाँ ढंगले अगाडी बढाईनेछ, केन्द्र संगठन र पार्टीको निर्दशन अनुसार अगाडी बढ्नेछौ’ शाहीले भने । पार्टी एकीकरणको भाव सबै युवाहरुमा पु¥याउने किसिमका कार्यक्रम सञ्चालन गर्ने समेत यूवा संघले निर्णय गरेको छ ।

Leave a Reply