म्याग्दीमा कांग्रेसले मनायो एकता र मेलमिलाप दिवस

0

नेपाली कांग्रेस म्याग्दीले जिल्लाभर विभिन्न कार्यक्रम गरी ४४ औँ ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाएको छ । बेनी नगरपालिका सहित जिल्लाभर रहेका स्थानीय तहमा आयोजित कार्यक्रममा बोल्ने नेताहरुले केन्द्रिय नेताहरुमा रहेको विवादलाई अन्त्य गर्ने जिल्लास्तरबाटै एकता र मेलमिलापको सन्देशमार्फत दवाव दिनुपर्ने बताएका थिए ।

रघुगंगा गाउँपालिकाकार्य समितिले मौवाफाँटमा आयोजित कार्यक्रममा पार्टी सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’ले संगठनलाई चुस्त, गतिशील र प्रभावकारी बनाउने गरी जिल्लाभर थप कार्यक्रम सहित अगाडी बढेको बताए ।‘कार्यकर्तालाई निराश हुन दिन्नौ,‘संगठनात्मक कार्यक्रमहरुलाई पालिकास्तरबाटै अगाडी बढ्नुपर्छ’ गर्बुजाले भने ।

नेपाली काँग्रेस रघुगंगा गाउँपालिकाका सभापती जिवनकुमार मल्लको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारी, गाउँपालिका उपाध्यक्ष कमला तिलिजाले बोलेका थिए कार्यक्रममा जिल्ला सदस्य ओम छन्त्याल, केवि भण्डारी लगायतको उपस्थिती रहेको थियो ।

त्यस्तै मालिका गाउँपालिका पनी मेलमिलाप दिवसको अवसरमा कार्यक्रम सम्पन्न भएको छ । महाधिवेशन प्रतिनिधि धनबहादुर धन्त्यालले संगठन विस्तार सहितका योजनाहरु बनाउनुपर्ने बताए । नेपाली कांग्रेस क्षेत्र ‘ख’ को आयोजनामाभएको कार्याक्रममा नेबिसंघ म्याग्दीका सभापती निर्मल खत्री, क्षेत्र ‘ख’ का सभापती कमल छन्त्याल लगायतले मन्तब्य राखेका थिए ।

यसैबीच बेनी नगरले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा संविधानसभाका सदस्य रेशमबहादुर बानियाँले संगठनात्मक गतिविधि कमजोर भए कार्यकर्ता निराश हुने बताए । उनले आफ्नो जिम्मेबारी अनुसार सबैले पार्टीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । कांग्रेसका संस्थापक नेता बीपी कोइराला लगायतका नेतालामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन २०३३ पुस १६ गते पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिला पदिवस’का रुपमा मनाउँदै आएको छ ।

यसैबीच नेपाल विद्यार्थी संघले बुधबार साँझ एकता दिवसको अवसरमा विरेन्द्रचोकमा दिप प्रज्जवलन गरेको छ। उक्त कार्यक्रममा विद्यार्थी नेता सहित पार्टीका सभापति गर्बुजा सहितको उपस्थिती रहेको थियो ।

Leave a Reply