कश्मीरमा मारिए गोर्खा सैनिक नेपाली युवा अर्जुन

0

भारतको जम्मू कश्मीरमा मंगलबार भएको आक्रमणमा परी गोर्खा सेनामा कार्यरत एक नेपाली युवाको मृत्यु भएको छ। जम्मु कश्मीरको नौशेरामा मंगलबार राति आतंकवादी हमलामा नेपाली नागरिक भारतीय सेनाका जवान अर्जुन थापामगर मारिएको भारतीय सेनाले जनाएको छ।

भारतीय सेनामा राइफलम्यान रहेका २५ वर्षीय थापाको उपचारका क्रममा निधन भएको भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल देवेन्द्र आनन्दले बुधबार जानकारी दिएका छन्। अर्जुन गोरखाका हुन्। महाराष्ट्रका नायक सवान्त सन्दीप रघुनाथको पनि निधन भएको छ । थापा र रघुनाथले भारतका लागि सर्वोच्च बलिदानी गरेको भन्दै भारतीय सेनाले प्रशंसा गरेको छ ।

Leave a Reply