बागलुङ महोत्सव २०७६ अन्तर्गत तारा हान्ने खेल सुरु सम्पन्न भएको छ । प्रतियोगितामा म्याग्दीका खेलाडीको दबदबा देखिएको छ । बागलुङ, म्याग्दी, मुस्ताङ पोखराबाट पनि प्रतियोगितामा सहभागी भएकोमा अधिकांस पुरस्कार म्याग्दीका खेलाडीले हात पारेका छन् । महोत्सवको विशेष आकर्षण र नयाँ खेलको रुपमा राखिएको उक्त खेलमा ९ समुहले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा म्याग्दीको मंगला आर्चरी क्लब प्रथम भएको छ । रिभरसाईड आर्चरी क्लव बेनी म्याग्दी द्वितीय र म्याग्दी पोखरा मगर समाज तृतीय भएका छन् । प्रतियोगितामा प्रथम भएको मंगला आर्चरी क्लबले नगद ४५ हजार, द्वितीय रिभरसाईड आर्चरी क्लब बेनीले २५ हजार र तृतीय भएको म्याग्दी पोखरा मगर समाजले १५ हजार नगद सहित ट्रफि मेडल र प्रमाणपत्र पुरस्कार पाएका छन् ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार प्रदान गरिएको छ ।मंगला आर्चरी क्लबका सन्तोष रोका उत्कृष्ट खेलाडी हुँदै नगद चार हजार पुरस्कार पाउँदा बागलुङ गलकोटको रुष्टी युवा क्लबका दुर्गा घर्ती सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले प्रतियोगितामा ६ खोल हानेका थिए । घर्तीले पनि नगद चार हजार पुरस्कार प्राप्त गरे ।