चर्चित नेपालीको सूचीमा किर्तीमानी आरोही निर्मल पूर्जा

0

८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर म्याग्दीका निर्मल पूर्जा बेलायतमा रहेका चर्चित नेपालीको सूचीमा समावेश भएका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा जन्मिएका पूर्जालाई लन्डनबाट नेपालीहरूद्वारा संचालित अंग्रेजी अनलाइन ‘साउथ एशिया टाइम’ ले जनवरी १ का दिन आफ्नो पहिलो वार्षिक उत्सवको अवसर पारेर बेलायतमा रहेर विभिन्न क्षेत्रमा योगदान गर्ने नेपालीहरूको सूची प्रकाशित गरेको छ ।

बेलायतको नेपाली समाजमा योगदान गरिरहेका व्यक्तित्वहरूको सूची तयार गरिएको सम्पादक जगन कार्कीले बताए । पहिचान र सम्मान गर्ने तथा ब्रिटिश समुदायलाई जानकारी पनि दिलाउने उद्देश्यले यो सूची तयार गरी प्रकाशित गरिएको कार्यकारी सम्पादक डा. कृष्ण उपाध्यायले बताए ।

विश्वका पर्वतआरोहीका लागि दुर्लभ किर्तिमानी काम गरेका पूर्जाले आरोहणपछि विभिन्न स्थानमा आयोजित कार्यक्रममा सम्मानित समेत भएका छन् । सफल उद्यमी, समाजसेवी, युवा प्रेरणा, स्थानीय राजनीति, सार्वजनिक सेवा, सफल पेशाकर्मी तथा असाधारण योगदान गर्नेहरूको छुट्टाछुट्टै सूची प्रस्तुत गरिएकोमा आरोही पूर्जालाई दुर्भल किर्तिमानीका एक अभियान्तको रुपमा ब्याख्या गरिएको छ ।

गत बैशाख १० गते अन्नपूर्ण गाउँपालिकाकै नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालबाट आरोहण सुरू गरेका पूर्जाले लगत्तै म्याग्दीमै रहेको सातौ अग्लो धौलागिरि हिमालको (८१६७ मि) आरोहण गरेपछि थप हिमाल आरोहणमा निस्किएका थिए । पूर्जालाई नेपाल भ्रमण बर्षमा समेत विषेश स्थान सहित प्रचारप्रसरमा प्रयोग गर्नुपर्नेमा नेपाली पर्यटन ब्यवसायीले माग गरेका छन् ।

Leave a Reply