मजदुरले ज्याला पाएनन्, बोल्दिने कसले ?

0

बेनी–जोमसोम कोरला सडकमा काम गर्ने मजदुरहरु ज्याला नपाएपछि आन्दोलित बनेका छन् । सडक खण्डमा लामो समयदेखि काम गरे बाफतको ज्याला नपाएको भन्दै उनीहरु ठेकेदार विरुद्ध सडकमा उत्रिएका छन् ।पढ्नु पर्ने उमेरमा आर्थिक अवस्था कमजोर भएकाले विद्यालय जान नपाएर मजदुरी गर्न बाध्य छन्, रोल्पा स्थित सुनछहरी गाउँपालिकाका १४ बर्षिय जेवलाल विक ।

म्याग्दीको जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना बसेर काम गरेको ज्याला माग्दै थिए । ज्याला माग्ने विक मात्र होइन् बेनी जोमसोम सडकमा काम अन्य धेरै मजदुरहरु पनि छन् । उनीहरुले शर्मा यूनाईटेड जेभीबाट एक वर्षदेखि काम गरेको ज्याला नपाएको भन्दै विभिन्न माग राखिएका प्ले कार्ड सहित जिल्ला प्रशासनमा धर्ना दिइरहेका छन् ।

रोल्पाकै दिलकुमारी बुढाको बेथा पनि उस्तै छ । घरखर्च चलाउनको लागि ३ वर्षको बालक बोकेर काम गर्दा पनि १ वर्षसम्मको ज्याला नपाउँदा घर जाने खर्चसम्म नभएको बताउँछिन् । मजदुरहरुको संगठन जिफन्टले पनि सडकमा काम गर्ने कामदारलाई छिटो रकम उपलब्ध गराई दिन भन्दै प्रशासनसंग माग गरेको बताएको छ ।

यता जिल्ला प्रशासन कार्यालय भने ठेकेदार कम्पनिसँग कुरा भइसकेकाले एक दुई दिन भित्र मजदुरले ज्याला पाउँनेमा विश्वस्त देखिन्छ । रोल्पामा अन्नबाली त्यति राम्रो फल्दनैन् । फलेको अन्नबालीले सालभर खान पुग्दैन् । घरखर्च चलाउनकै लागि भएपनि त्यहाँका बालबालिका, महिलाहरु बेनी जोमसोम कोरला सडक खण्डमा मजदुरी गरिरहेका छन् ।तर सो सडक खण्डमा काम गर्ने मजदुरले शर्मा यूनाईटेड जेभीबाट ६ महिनाको १ करोड ११ लाख पाउन बाँकी छ । ७६ किलोमिटरको बेनी–जोमसोममा चारवटा र १ सय १० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डमा ७ वटा प्याकेज बनाएर निर्माण कार्य अघि बढाइएको छ ।

Leave a Reply