तातोपानी कुण्डमा भ्रमण वर्षको प्रचार

0

बेनी नगरपालिका–४, सिङ्गास्थित रहेको प्रसिद्ध तातोपानी कुण्डमा नेपाल भ्रमण वर्ष–२०२० को लोगोसहित व्यानर राखिएको छ । भ्रमण वर्षको प्रचारप्रसारमा सहयोग पु¥याउने र तातोपानी कुण्डको समेत प्रवद्र्धन गर्ने उद्देश्यसहित व्यानर राखिएको हो ।

व्यानर राख्नुका साथै कुण्ड व्यवस्थापन समितिको तर्फदेखि बुधबार एक समारोहकाबीच तातोपानी कुण्डमा स्नान गर्न आएका बिरामी तथा पर्यटकहरुलाई स्वागत गरिएको थियो । तातोपानी कुण्डमा स्नान गर्न आएका बिरामीहरुलाई भ्रमण वर्षको अवसरमा टिका र खादा लगाएर स्वागत तथा सत्कार गरिएको कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।

उनीहरुलाई तातोपानी कुण्ड व्यवस्थापन समितिका पदाधिकारीहरुले कुण्डमा स्वागत गरेको समितिका सहसचिव कुमार केसीले जानकारी दिए । उनले भ्रमण वर्षको अवसर पारेर तातोपानी कुण्ड परिसरमा व्यानर स्थापना गरिएको बताएका छन् । हाल दैनिक कुण्डमा करिब ४ सयजना बिरामीहरु स्नान गर्न आउने गरेका छन् ।

Leave a Reply