मृगौला पीडित तिलिजाले सहयोगको याचना

0

दुवै मृगौलामा समस्या देखिएपछि रघुगंगा गाउँपालिका–४, दग्नामका एक यूवाले सहयोगको याचना गरेका छन् । एउटा मृगौला पूर्णरुपमा खरावी र अर्कोमा पत्थरीले बिग्रन लागेको अवस्थामा आर्थिक अभाव भएपछि मेखबहादुर तिलिजाले उपवचारमा सहयोगको अपिल गरेका छन्। अािर्थक अवस्था कमजोर रहेका तिलिजाले मणिपाल अस्पतालमा उपचारको क्रममा आर्थिक अभाव भएपछि थप सहयोग जुटाउन घर फर्किएको बताए ।

‘मेरो आर्थिक अवस्थाले उपचार सम्भव छैन्,‘उपचारका आवश्यक सहयोग जुटाइदिनुहुन अनुरोध गर्दछु’ तिलिजाले भने ।
उनका अनुसार एउटा मृगौला फाल्नुपर्ने र अर्को मृगौलाको पत्थरीलाई हटाउन हेलचेक्राई गरिए मृगौला प्रत्यारोपण तथा डायलासिस गर्नुपर्ने चिकित्सकले बताएपछि उपचारमा आर्थिक अभावले घर फर्किएको बताए ।

एक श्रीमति, दुई छोराछोरीलाई कमाई गरेर ज्यान पाल्नुपर्ने अवस्थामा बिरामी भएपछि समस्या भएको पीडितका आफन्त लिलकुमारी शेरपुञ्जाले बताईन् । उनका अनुसार नाता, ईष्टमित्र तथा आफन्तलाई उपचारमाहारगुहार माग्नुको बिकल्प नभएको बताईन् ।

Leave a Reply