यो पत्र जस्ले, एसपी दानबहादुरलाई चितवन छाड्नुपर्यो

0

चितवनमा कार्यरत एसपी दानबहादुर मल्लले पछिल्लो एक कडा आदेशका कारण १२ घण्टामै चितवन छाड्नु परेको छ ।पौष ४ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल गौचरण सरुवा गरिएका मल्ल सरुवा भएको १५ दिन पुग्न लाग्दा पनि तोकिएको स्थानमा नपुगेपछि ३ नं प्रदेश प्रहरी कार्यालयले कडा आदेश जारी गरेको थियो ।

विशेष प्राथमिक पत्रको कोणमा क्रम संख्या ८१०५ को सो आदेशले मातहतको डिएसपीलाई चार्ज बुझाएर १२ घण्टाभित्र ठाउँ छोड्न भनिएको छ । ३ नं प्रदेश प्रहरीको सामान्य प्रशासन शाखाका एसपी अरुण पौडेल हस्ताक्षरित सो संचार पत्र जिप्रका चितवनलाई पठाई प्रहरी प्रधान कार्यालय महानिरीक्षकको सचिवाल र प्रशासन शाखालाई बोद्यार्थ दिइएको छ ।चितवनमा सरुवा भएकी एसपी गंगा पंत कार्यस्थल नपुग्दै डिएसपीलाई चार्ज बुझाएर एसपी मल्ल रवाना भएका हुन् ।

Leave a Reply