म्याग्दीको तल्लो क्षेत्रमा हिमपात

0

म्याग्दीको तल्लो भेगमा भारी हिमपात भएको छ । शुक्रबार दिनभरीको बर्षासँगै जिल्लाका सबै स्थानीय तहका माथिल्लो क्षेत्रमा मिपात भएको हो। यो सिजनकै पहिलो बर्षामै हिमपात भएपछि खेतीपाती गर्ने किसान समेत मख्ख छन् ।बेनीबाट देखिने भकिम्लीको स्वर्गाआश्रम आसपासका क्षेत्रमा हिमपात भएको छ । हिमाली क्षेत्रमा हिमपात भए पनि १२ बर्षपछि गतबर्ष समेत तल्लो भेगमा हिमपात भएको थियो ।

म्याग्दीको माथिल्लो भेगमा २ फिटभन्दा बढी र तल्लो क्षेत्रमा १ फिटसम्म हिमपात भएको छ । जिल्लाको पर्यटकीयस्थल टोड्के हिउँले सेताम्मे भएको छ । माथिल्लो भेगमा हिमपातले मानिसहरू घरबाहिर निस्कनसमेत सकेका छैनन् । हिमपातले गूर्जाको जनजीवन कष्टकर बन्दै गइरहेको छ । जिल्लाको अति विकट धवलागिरी गाउँपालिका वडा नं १ गूर्जामा हिमपातले धाराको पानी समेत जमेको छ ।

रातीदेखिक हिमपात हुँदा डाँडापाखाहरु सेताम्ये भएका छन् । यस वर्ष दोस्रो पटक हिमपात हुँदा कृषक र पर्यटकहरु रमाए पनि बृद्धबृद्धा,बालबालिकालाई सास्ती भएको स्थानीय गोरखा छन्त्यालले बताए । त्यसैगरी पर्यटकीय क्षेत्र घोरेपानीको उपल्लो भेग,खोप्रा लेक लगाएतका उच्च पहाडी क्षेत्रमा बाख्लो हिमपात भएको स्थानीयले बताएका छन् । जिल्ला सदरमुकाम बेनीमा २ फागुन ०६३ मा हिमपात भएपनि सदरमुकाम नजिकका बस्तीहरुमा भने गतबर्ष समेत हिमपात भएको थियो ।

Leave a Reply