दुई विद्यार्थीलाई अमेरिकाबाट ३० हजार सहयोग

0

कलेजो र पित्तथैलीमा क्यान्सर भएर ज्यान गुमाएकी बेनी नगरपालिका–२, खवरा दारिमपाटाकी सिता केसी घिमिरेका दुई छोरीलाई शिक्षादिक्षाका लागि अमेरिकामा रहेका दुई विद्यार्थीले सहयोग गर्नुभएको छ । चितवन घर भई हाल अमेरिकामा बस्ने नयनराज र समिक्षा पाण्डेले १४ बर्षिया सन्ध्या र ९ बर्षकी साधना घिमिरेलाई शैक्षिक साम्रागी र खाजा खर्चका लागि ३० हजार सहयोग गरेका हुन् ।

जन्मदिने आमा गुमाएपछिको अवस्थाका बारेमा समाचार पढेपछि नयनराज र समिक्षाले आमा शोभा पाण्डे र चितवनका समाजिक अभियान्ता मुरलीप्रसाद गजुरेलमार्फत गतबर्ष समेत २० हजार नगद सहयोग गर्नुभएको हो ।‘हामीले हरेक बर्ष सहयोग गछौ,‘सानो सहयोग भएपनि शिक्षादिक्षामा राहत मिल्ने अपेक्षा गरेका छौ’ सहयोगदाता द्धय पाण्डेले भन्नुभयो ।

समाजसेवी शोभा पाण्डेले यसअगाडी म्याग्दीकै पुजा खत्रीलाई समेत लत्ताकपडा सहित नगद सहयोगका साथै बर्षेनी नेपालका विभिन्न जिल्लामा विपन्न तथा आर्थिक अभावले समस्यामा परेकालाई सहयोग गर्ने गर्नुभएको छ । उपचारकै क्रममा आमाको मृत्यु भएपछि सन्ध्यालाई बेनपा–२ आम्बोट घरभई हाल बागलुङमा सफल पोलिक्लिनिक प्रालिका सञ्चालक दिपेन्द्र घिमिरे र पर्वत जिल्लाको जलजला गाउँपालिका–३ पर्वतबेनीमा अवस्थित न्यू् होराईजन आवासीय माविले साधनलाई माध्यामिक तहसम्मको निशुल्क शिक्षाको सुविधा उपलब्ध गराएको छ ।

न्यू होराईजनमा सन्ध्याले कक्षा ७ र साधना कक्षा ४ मा अध्ययनरत छन् । उनीहरुको शिक्षामा कुनै कमी नहुने गरी विद्यालयले अतिरिक्त कक्षामा समेत सहभागी गराउने गरेको सञ्चालक समितिका अध्यक्ष दल बहादुर जिसीले बताउनुभयो ।

Leave a Reply