इनफुलेन्स ब्याजलर क्लबको अध्यक्षमा पुनः विश्वकर्मा

0

वेष्ट पोइन्ट कलेजमा गठितकलेजमा गठित इनफुलेन्स ब्याजलर क्लबको छैटौ पदस्थापनबाट वर्ष २०२०का लागि पुनः दिनेश कुमार बिश्वकर्मा अध्यक्षमा चयन भएका छन् । समितिको उपाध्यक्षमा आयुमी थापा, सचिव सज्जनश्रेष्ठ कोषाध्यक्ष जीवनकुमार पुर्जा, सह सचिव निरुता बुढाथोकी, सह कोसाध्यक्षबन्दना परियार सदस्यहरुमा श्रीष्टि थापा, कृषा श्रेष्ठ, बिनिता श्रेष्ठ, सृजना शर्मा, सपना अग्रहरी, फियोना पुन, सजनीथापा, पुष्पा खत्री, रिजन खत्री इश्वर सेन्चुरी र प्रवक्तामा साजन नेपालि चयन भएका छन् ।

अध्यक्ष विश्वकर्माले वर्ष २०२०का कार्यक्रम प्रस्तुत गरेका थिए । नवनिर्वाचत कार्यसमितिलाई पदस्थापन कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष दिलिप राम्जालीले क्लबको ब्याच र कार्यक्रममा प्रमुख अतिथि वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसन म्याग्दी प्रालिका अध्यक्ष सुदर्शन कुमार श्रेष्ठले मालाप्रदान गर्नु भएको थियो ।

कार्यक्रममा संस्थापक अध्यक्ष राम्जालीले नयाँ कार्य समितिलाई पद तथा गोपनियताको सपथ गराउनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले क्लबले कलेज भित्र र बाहिर उत्कृष्ट कार्य गर्दै आइरहेको र यसलाई निरन्तरता दिंदै सबैले यस्तो कार्यको अनुसरण गर्नु पर्ने बताउनु भयो । त्यसैगरी संस्थापक अध्यक्ष राम्जालीले पनि आफुले क्लबका कार्यलाई नजिकै बाट नियालिरहेको र उत्कृष्ट कार्यको प्रसंसा गर्नु भयो । साथै नया समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।

कार्यक्रममा फाउन्डेसनका संस्थापक निर्देशकहरु कृष्ण प्रसाद श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ, शिबकुमार श्रेष्ठ, सुबसकुमार श्रेष्ठ, पूर्व अध्यक्ष किरण कार्की लगायतको उपस्थिति रहेको थियो । कलेजका प्रिन्सिपल डीबी दाहालले कार्यक्रममा शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । सदस्यश्रीष्टि पाइजाको स्वागत मन्तब्य, सचिव कृष्ण कुमार विश्वकर्माको संचालनमा भएको कार्यक्रमको पदस्थापन कार्यक्रम भाइस प्रिन्सिपल कृष्ण जिसीले गर्नु भएको थियो ।

क्लबले वर्ष २०१९ मा म्याग्दी बाल गृहका बालबालिकालाई झोला कपडा वितरण, धवालागीरि मावी सिंगाका ९ र १० का विद्यार्थीलाई उद्घोषण तथा भासणंकला तालीम, रक्तदान कार्यक्रम, मिलन राइ संग साक्षात्कार कार्यक्रम, मल्लाजको भिर्दुलाम ाभ्यु पोइन्ट स्थापना आइबीकप फुटबल प्रतियोगिता बक्तृत्वकला तथा कबिता बाचन प्रतियोगिता लागायतका कार्यक्रम सम्पन्न गरेको वेष्ट पोइन्ट मिडियाहबले जनाएको छ ।

Leave a Reply