अमृत बास्कुने

म्याग्दी ४ मंसिर /दुर्लभ मानियको बन्यजन्तु नाउर मंगलबार चिडियाखाना काठमाण्डौमा पठाईएको छ ।

हीमालपारीको जिल्ला मुस्ताङ्गको मुक्तिनाथ जंगलमा गत साउनमा यासा्रगुम्बा संकलनकोलागी जादा नाउरको बच्चा फेला पारिएको थियो । मुक्तिनाथ स्थीत डम्बरबहादुर पुनले पालेर राखेको उक्त नाउरलाई अन्नपुर्ण क्षेत्र संरक्षण आयोजना एक्यापले मंगलबार आवस्यक प्रकि्रया पुर् याएर काठमाण्डौ पठाएको एक्याप प्रमुख मनिसराज पाण्डेले जानाकारि दिएका छन् । यासा्रगुम्बा संकलनको लागी आएकाहरुले भेटे पछि स्थानीय डम्बर बहादुर पुनलाई पाल्नको लागी दिएर गएका थिए । पुनकोमा नाउर रहेको थाहा पाए पछि एक्यापले मुचुल्का तयार गरी हवाईजहाज मार्फत काठाण्डौ पठाएको एक्यापका सुरेस थापाले बताएका छन् ।

विज्ञापन