तरुण दल म्याग्दीको रिक्त पदमा मनोनित

0

नेपाली कांग्रेस म्याग्दीको यूवा दस्ता तरुण दलको विभिन्न रिक्त पदमा मनोनित गरिएको छ । तरुण दल जिल्ला कार्यसमिति म्याग्दीको सातौँ बैठकबाट उपाध्यक्षमा सोहन श्रेष्ठ ‘विश्वास’, बेनपा ९ का तरुण दल अध्यक्ष रामचन्द्र कार्की, दिपेश बानियाँ र देवि बुढाथोकीलाई सदस्यमा मनोनित गरिएको छ ।  तरुण दलका अध्यक्ष मुकुन्द छन्त्यालले जिम्मेबारी प्रदान गदैं तरुण दललाई थप शसक्त बनाउनुपर्नेमा जोड दिए ।

उनले म्याग्दीका सबै स्थानीय तहमा तरुण दलका अभियानलाई तिब्रता दिने गरी योजनाबद्ध तरिकाले अगाडी बढ्नुपर्ने बताए । सोही कार्यक्रममा उपाध्यक्षमा चयन भएका श्रेष्ठले जिम्मेबारीलाई संस्थागत हित र पार्टीको निर्देशनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने गरी केन्द्रित हुने बताए । उनले यूवालाई रचनात्मक कार्यमा केन्द्रित गर्ने तथा संगठन विस्तारका योजनामा अग्रपंतिमा बसेर काम गर्ने बताए । बैठकमा नेपाली काँग्रस म्याग्दीका सह–सचिव भरत बहादुर रकाल र पार्टीका नेताहरुले श्रेष्ठलाई तरुणलाई सशक्तबनाएर लैजान शुभकाना दिएका छन् ।

Leave a Reply